CRI
श्री ल्य्वी चि हुंग चीनका
सर्वश्रेष्ठ अभिनेता हुनुहुन्छ।
उहाँ हालका केही वर्षमा चीनको गीती
क्षेत्रका चम्किला तारामध्येका एक
हुनुहुन्छ।
श्री ल्य्वी चि हुंग सन् 1982 मा सि आन संगीत
अध्ययन संस्थानको राग गायन
सेवाबाट स्नातक हुनुभएपछि लान चौ
शिक्षा शास्त्र अध्ययन संस्थानमा
संगीतका शिक्षक हुनुहुन्थ्यो। सन्
1985 मा उहाँले कान सु प्रान्तको
नाट्य मण्डलीमा प्रवेश गर्नुभयो।
सन् 1989 मा उहाँले नौ सेना
अन्तर्गत नाट्य मण्डलीमा प्रवेश
गर्नुभयो।
श्री ल्य्वी चि हुंगले तीन पटक कान सु प्रान्त
आयोजित राग गायन प्रतियोगितामा
प्रथम पुरस्कार प्राप्त गर्नुभएको
छ। “स्वर्ण ट्राकन कप” शिर्षकको
राष्ट्रिय गायन प्रतियोगितामा रजत
पदक पुरस्कार प्राप्त गर्नुभयो।
सन् 1992 मा चिनियाँ केन्द्रीय
टेलिभिजनद्वारा आयोजित पाचौं
राष्ट्रिय युवा गायक प्रतियोगितामा
दोश्रो स्थान प्राप्त गर्नुभयो।
सोही वर्ष राज्य परिषद् अन्तर्गत
साँस्कृतिक मन्त्रालयद्वारा
आयोजित चीनको जातीय राग गायन
प्रतियोगितामा उहाँले प्रथम स्थान
प्राप्त गर्नुभयो। सन् 1995 मा
आयोजित प्रसारण नयाँ गीत
प्रतियोगितामा उहाँले प्रथम
पुरस्कार प्राप्त गर्नुभयो।
पछिल्ला केही वर्षमा निरन्तर रुपमा पुरस्कार
प्राप्त गर्नुबाहेक, श्री ल्य्वी
चि हुंगले 《यांग परीवारका जनरलहरु》,
《तीन मुलुक बीचको कथा》, 《थाङ बंशका
राजा》, 《हान बंशका राजा》लगायत
कतिपय टेलिनाटकका लागि त्यसको
मुख्य गीत रिकर्ड गर्नुभएको छ।
उहाँले गाउनुभएको 《नमस्ते, ता पे
पहाड》, 《स् छ्वान फर्कनु》, 《आमाको
गीत》लगायतका गीतहरु चीनमा
लोकप्रिय छन। उहाँका प्रदर्शन
भावनापूर्ण हुन्छन भने उहाँको
हाउभाउ फूर्तिलो छ। उहाँले ओपेरा
《रातो कोरल》मा सफलताका साथ मुख्य
भूमिका निर्वाह गर्नुभयो। यसका
साथै उहाँले धेरै पटक चिनियाँ
केन्द्रीय टेलिभिजन र विभिन्न
स्थानका टेलिभिजनद्वारा आयोजित
ठूला ढाँचाका कला प्रतियोगिताहरुमा
भाग लिनुभएको छ।
सन् 2001 मा आयोजित राष्ट्रिय एम.टि.भि
प्रतियोगितामा उहाँले श्री थुंग
थे सिन, येन वै वनले सँगै
गाउनुभएको गीत《चीन मार्च》ले
स्वर्ण पदक प्राप्त गर्यो। सन्
2003 मा उहाँले चीनको दोश्रो
“स्वर्ण डिस्क” पुरस्कार प्राप्त
गर्नुभयो।
श्री ल्य्वी चि हुंगले धेरै पटक चीन र चिनियाँ
सेनाका तर्फबाट जर्मनी, रुस,
फिलिपिन्स, थाइल्याण्ड, अमेरिका
लगायतका देशहरुको भ्रमण गरी
स्वदेश र विदेशका दर्शकहरुको
व्यापक माया तथा ममता पाउनुभएको
छ।
गीत: 《मुलुक शान्तिपूर्ण भएमा जनताको जीवन सुखी
हुन्छ》
|