CRI
श्रीमती क्व लान यीङ चीनका
प्रसिद्ध महिला उच्च स्वरमा गाउने
गायिका हुनुहुन्छ। उहाँको जन्म सन्
1930 को डिसेम्बर महिनामा चीनको
वल्लो शान् सि प्रान्तको फिंग याउ
जिल्लामा भएको थियो। उहाँको
परीवार एउटा गरिब परीवार थियो। छ
वर्षको उमेरदेखि उहाँले वल्लो शान्
सि प्रान्तको परम्परागत ओपेरा
सिक्नथाल्नुभयो। एघार वर्षको
उमेरमा था युआन शहरमा प्रदर्शन
गर्नुभयो। उहाँले एक सयभन्दा बढी
परम्परागत ओपेरामा भाग लिनुभएको
थियो।
सन् 1946 को शरद ऋतुमा उहाँले चांग च्या खौ शहरमा
नयाँ ओपेराको काम शुरु गर्नुभएको
थियो।
सन् 1947 मा श्रीमती क्व लान यीङले ह्वा
पै संयुक्त विश्व विद्यालयको ओपेरा
सेवामा प्रवेश गर्नुभयो।
उहाँले《श्रीमान र श्रीमतीले अक्षर
चिन्नु》लगायत नाच-गान ओपेराको
प्रदर्शन गरी सर्वसाधारणको मन
जित्नुभयो। सन् 1949 को अप्रिल
महिनामा उहाँले चिनियाँ युवा
प्रतिनिधि-मण्डलसँग हंगेरीमा
आयोजित विश्व युवा विद्यार्थी
दोश्रो शान्ति तथा मित्रता
महोत्सवमा भाग लिई《महिलाहरुको
स्वतन्त्रता गीत》का लागि पुरस्कार
पाउनुभयो।
सन् 1949 मा नयाँ चीनको स्थापना भएपछि श्रीमती
क्व लान यीङ चिनियाँ केन्द्रीय
ओपेरा अध्ययन संस्थान अन्तर्गत
नाट्यशाला, चिनियाँ केन्द्रीय
प्रयोगात्मक नाट्यशाला, चिनियाँ
ओपेरा तथा नाट्यशालामा मुख्य
अभिनेत्री हुनुहुन्थ्यो। उहाँले
निर्वाह गर्नुभएको नयाँ ओपेरा《सेतो
कपाल भएकी महिला,《ल्यु हु लान》,
《श्या आर हैको विवाह》लगायतका
भूमिका आम सर्वसाधारणले निकै मन
पराएका थिए। श्रीमती क्व लान यीङले
चिनियाँ कला दूतको हैसियतले
पहिलेको सोभियत संघ, रोमानिया,
पोल्याण्ड, युगोस्लाभिया, इटली,
जापान लगायतका बीसवटा मुलुकको
भ्रमण गरी चीन तथा विदेश बीचको
साँस्कृतिक आदान-प्रदानका लागि
योगदान पुर्याउनुभयो।
श्रीमती क्व लान यीङ सन् 1982 मा
चिनियाँसंङ्गीतअध्ययन संस्थानमा
शिक्षिका हुनुभयो। सन् 1986 मा
उहाँले क्वांग तुंग प्रान्तमा क्व
लान यीङ
कला विद्यालयको स्थापना गर्नुभयो।
सन् 1989 मा उहाँले स्वर्ण डिस्क
पुरस्कार पाउनुभयो।
श्रीमती क्व लान यीङको स्वर मिठो छ र उहाँको
बाणी निकै स्पष्ट छ। वालककालमा
ओपेरा सम्बन्धी राम्रो तालिम
लिनुभएकाले उहाँको कला क्षेत्रको
उपलव्धि पनि ठूलो छ। उहाँले
गाउनुभएका प्रतिनिधिमूलक
गीतहरुमा《महिलाको स्वतन्त्रता गीत》,
《माताजी वांगको शान्ति खोजी》, र
सिनेमा 《शांग कान लिंग》को गीत《मेरो
मातृभूमि, ओपेरा《ल्यु हु
लान》को《धेरै पानी र पहाड》समावेश
छन।
गीत:
《मेरो मातृभूमि》
|