CRI
सुश्री सुंग चु यीङ
वर्तमान चीनका सबैभन्दा सशस्त
युवा गायकहरुमध्येकी एक
हुनुहुन्छ।
सुश्री सुंग चु यीङको जन्म सन् 1966 को जून
सत्ताइस तारिखका दिन हु नान
प्रान्तको एउटा म्याउ जातीय
गाउँमा भएको थियो। सन् 1981 को
जुलाइ महिनामा उहाँले माध्यमिक
शिक्षा हासिल गर्नुभयो। त्यसपछि
उहाँ त्यस जिल्लाको नाट्यशालामा
प्रवेश गर्नुभयो। एक वर्षपछि
उहाँले राम्रो उपलव्धि हासिल गरी
चिनियाँ केन्द्रीय जातीय अध्ययन
संस्थानको नाच-गान सेवामा
प्रवेश गर्नुभयो। सन् 1987 मा
उहाँ त्यस अध्ययन संस्थानबाट
स्नातक हुनुभयो। सन् 1988 को
अक्टोबर महिनामा चिनियाँ
संङ्गीत संघद्वारा आयोजित
“स्वर्ण ट्राकन कप” शिर्षकको
राष्ट्रिय गायन प्रतियोगिता
छांग शामा भएको थियो। सुश्री
सुंग चु यीङले म्याउ जातिको शैली
रहेको एउटा 《दाइ नजानु》शिर्षकको
गीत गाएर यस प्रतियोगितामा
स्वर्ण पदक प्राप्त गर्नुभयो।
त्यसपछि उहाँले प्रख्यात गायक
प्राध्यापक चिन थेन लिनबाट
सिक्नुभयो। त्यसपछि उहाँले
चिनियाँ केन्द्रीय
टेलिभिजनद्वारा आयोजित वसन्त
चाड रात्री समारोहमा एउटा《सानो
पै लौ》 गाउनुभएपछि आफूलाई
प्रसिद्धि कमाउनु भयो। सन् 1991
मा उहाँले चिनियाँ जन-मुक्ति
सेना अन्तर्गत नौ सेना
नाट्य-मण्डलीमा प्रवेश गर्नुभयो।
सुश्री सुंग चु यीङको स्वर मिठो
छ। उहाँको गीत गाउँने शैली
विशेष खालको छ।
सुश्री सुंग चु यीङले गाउनुभएको चिनियाँ गीत
《सानो पै लौ》, 《पिरो बहिनी》,
《आनन्द दिन》, 《पूर्व पश्चिम
दक्षिण उत्तरका सिपाहींहरु》,
《सिपाहीं दाइहरु》लगायतका गीतहरु
चीन र विश्वका चिनियाँ भाषा
बोल्ने क्षेत्रमा लोकप्रिय छन।
उहाँका गीत-प्रेमीहरु चीनका
शहरहरु, गाउँ-बस्तिहरु, टारभूमि
र हिमाली क्षेत्र तथा
अल्पसंख्यक जातिको बसोबास रहेका
ठाउँहरु जताततै छन्।
सन् 2000 मा उहाँले “विश्वको सबैभन्दा राम्रो
चिनियाँ जातीय गीत पुरस्कार”
प्राप्त गर्नुभयो। सन् 2002 मा
उहाँले सिड्नी ओपेरा हाउसमा
आफ्नो एकल संङ्गीत समारोहको
आयोजना गर्नुभयो। सन् 2003 मा
उहाँले भियेनाको स्वर्ण संङ्गीत
कक्षमा आफ्नो एकल संङ्गीत
कार्यक्रमको आयोजना गर्नुभयो।
यी दुबै पटकका संङ्गीत
कार्यक्रममा उहाँले ठूलो सफलता
हासिल गर्नुभयो।
गीत: 《आनन्दमय दिन》
|