CRI
श्रीमती चौ श्या येन चीनका उच्च
श्वरमा गाउने महिला गायिका तथा
श्वर-गायनका शिक्षिका हुनुहुन्छ।
उहाँ शांगहाई संगीत अध्ययन
संस्थानकी प्राध्यापक हुनुहुन्छ।
सन् 1918 मा श्रीमती चौ श्या येन हु पै
प्रान्तको वु हान शहरको एउटा
उद्योगीको परीवारमा जन्मिनु
भएकोथियो। उहाँका पितालाई संगीत
धेरै मन पर्थ्यो। आफ्ना पिताका
प्रभावमा परेकी श्रीमती चौ श्या
येनले वाल्य-कालदेखि नै संगीत धेरै
मन पराउनुहुन्थ्यो।
सन् 1935 को सेप्टेम्बर महिनामा, श्रीमती चौ
श्या येनले शांगहाई संगीत अध्ययन
संस्थानमा प्रवेश गरी विशेष गरी
श्वर-गायन सिक्नुभयो। सन् 1937 मा
जापान विरुद्ध युद्ध शुरु भएपछि
उहाँ वाध्य भएर आफ्नो जन्मस्थल
फर्कनुभयो।
सन् 1938 को अन्तमा, श्रीमती चौ श्या येन
पेरिस जानुभयो। त्यहाँ उहाँको
प्रसिद्ध संगीतकार छि आर फिनसँग
भटभयो। श्री छि आर फिनको सहयोगमा
श्रीमती चौ श्या येनले पेरिसको
राष्ट्रिय थिएटरमा प्रदर्शन शुरु
गर्नुभयो। पहिलो पटकको प्रदर्शनमा
उहाँले कुशल सिप तथा मिठो
स्वरमार्फत ठूलो सफलता प्राप्त
गर्नुभयो। त्यसपछि उहाँले चेक
गणतन्त्रमा “पराकको वसन्ड संगीत
समारोह”मा भाग लिनुभयो। उहाँको
प्रदर्शन निकै सफल भएका कारण
उहाँलाई “चीनको बुलबुलl” भनियो।
सन् 1947 को अक्टोबरमा श्रीमती चौ
श्या येन मातृ-भूमि फर्कनुभयो।
त्यसबेला चीन क्व मिन तांग
पार्टीको शासनमा थियो। उहाँले धेरै
स्थानमा गई प्रगतिशील
विद्यार्थीहरुका लागि गीत गाउनुभयो।
सन् 1949 मा नयाँ चीनको स्थापना भयो। श्रीमती
चौ श्या येनले नयाँ जीवनको सामना
गर्नुभयो। उहाँ शांहाई संगीत
अध्ययन संस्थानमा श्वर-गायनका
शिक्षिका बन्नुभयो।
दश वर्ष लामो “साँस्कृतिक क्रान्ति” श्रीमती
चौ श्या येनको जीवनमा सबैभन्दा
गाह्रो अवधि थियो। ती दश वर्षमा
उहाँले गीत गाउन र शिक्षा-दिक्षाको
कार्य पनि गर्नसक्नु भएन। तापनि
उहाँले हार खानु भएको थिएन। उहाँले
यस अवधिमा एकजना वरिष्ठ पुरुष
उच्च श्वर-गायक वै सुंगलाई
हुर्काउनुभयो। हाल स्वदेश र
विदेशका श्वर-गायन विशेषज्ञहरुले
श्री वै सुंगको प्रदर्शनको उच्च
मूल्यांकन गर्नुभएको छ।
“साँस्कृतिक क्रान्ति” सम्पन्न भएपछि
श्रीमती चौ श्या येनले पुन:
अध्यापन कार्य थाल्नुभयो। सन्
1984 मा भियेनामा आयोजित
अन्तर्राष्ट्रिय श्वर-गायन
प्रतियोगितामा उहाँका चारजना
विद्यार्थीमध्ये तीनजनाले स्वर्ण
पुरस्कार प्राप्त गर्नुभयो भने
अर्का एकजनाले रजत पुरस्कार
प्राप्त गर्नुभयो। यस उपलव्धिले
अन्तर्राष्ट्रिय संगीत क्षेत्रलाई
छक्क पारेको थियो।
चीनको ओपेराको उत्थान तथा त्यसको विकासका लागि
सन् 1988 को मे महिनामा श्रीमती
चौ श्या येनले शांहाई संगीत
अध्ययन संस्थानमा आफ्नो नाममा चौ
श्या येन ओपेरा केन्द्रको स्थापना
गर्नुभयो। सन् 1989 मा चौ श्या
येन ओपेरा केन्द्रले ओपेरा
《रिकोलेटो》को प्रदर्शन गरेपछि
सफलता प्राप्त गरेको थियो।
वितेका पचास वर्षदेखि यता श्रीमती चौ श्या
येनद्वारा हुर्काइएका धेरै
गायकहरुले धेरै पटक गरी
अन्तर्राष्ट्रिय तथा स्वदेशका
प्रतियोगितामा चीनका लागि इज्जत
प्राप्त गर्नुभयो। तीमध्येका केही
विद्यार्थीहरु अमेरिकाको
मेट्रोपोलिटन ओपेरा र सान
परासिस्को ओपेराका मुख्य अभिनेता
बन्नुभयो। श्रीमती चौ श्या येनले
प्रशस्त श्रेष्ठ श्वर-गायनहरुलाई
हुर्काउनुभएको छ।
गीत:
《छां छं याउ》
|