CRI
श्री हु सुंग ह्वा चीनका
प्रख्यात गायक हुनुहुन्छ।
श्री हु सुंग ह्वाको जन्म सन् 1930मा पैचिंगको
एउटा मान जातिको परिवारमा भएको
थियो। युवक कालमा《सन् चि मा
द》तथा《फंग शौको गीत》दुइवटा
गीतमार्फत उहाँले प्रसिद्धि कमाउनु
भएको थियो। सन् 1952 देखि उहाँले
चिनियाँ केन्द्रीय नाच-गान
मण्डलीको प्रदर्शनमा भाग लिनुभएको
छ।
बितेका धेरै वर्षदेखियता श्री हु सुंग ह्वाले
चीनको अल्पसंख्यक जातिको गीत मन
पराउन थाल्नुभएको छ।
सन् 1952 मा ठूलो ढाँचाको नाच-गान《पूर्वतिर
रातो》लाई एउटा मंगोलियाली गीत
चाहिएको थियो। यसको जिम्मा
मंगोलियाली जातिको जीवन बारे
राम्रो ज्ञान हासिल गरेका हु सुंग
ह्वालाई दिइएको थियो। उहाँले
मंगोलियाली जातिका जनताले आफ्ना
भावना व्यक्त गर्ने विशेष तरिकाको
उपयोग गरी《स्तुतीगान》गाउनुभएको
थियो। उहाँले यो गीत गाउनुभएपछि
हजारौं दर्शकहरुको प्रशंसा कमाउनु
भयो र त्यो अहिलेसम्म लोकप्रिय छ।
त्यसपछि श्री हु सुंग ह्वाले ओपेरा《आइकुली》मा
मुख्य पुरुषको भूमिका, आस्हार,
निर्वाह गर्नुभयो। उहाँले《लै फंग,
《मातृभूमि आफ्नै माता》लगायतका
झण्डै तीसवटा चल-चित्रका लागि गीत
गाउनुभएको छ।
सन् 1992 मा श्री हु सुंग
ह्वाले《दश हजार किलोमिटर हिंडेर
गीत गाउनु》शिर्षकको नाटक बनाउनुभयो।
त्यस नाटकले चीनका अल्पसंख्यक
जातिको श्रेष्ठ परम्परागत कलालाई
प्रतिबिम्बित गरी प्रशस्त दर्शकको
ममता प्राप्त गरेको छ।
वितेका धेरै वर्षदेखियता श्री हु सुंग ह्वाले
चालीसवटाभन्दा बढी जातिहरुको
बसोबास रहेका स्थानमा गई जातीय
गीतहरु संकलन गरेनुभएको छ। उहाँले
क्रमबद्ध रुपमा आफ्नो विशेष कला
शैलीको स्थापना गर्नुभएको छ।
श्री हु सुंग ह्वाको प्रतिनिधि गीत: "स्तुतीगान",
"एउटा फुल धेरै तार" हुन।
गीत: "स्तुतीगान"
|