CRI
“वरिष्ठ संङ्गीतज्ञ”, “आकर्षक
बेला-वादक”, “चीनका मेनुहिन”—
विश्वको संङ्गीत क्षेत्रका
आधिकारिक व्यक्तिहरुले चीनका
बेलावादक शंग चौं क्वको
कुशलताप्रति लक्षित गर्दै
अभिव्यक्त गर्नुभएका प्रशंसाका
शब्दहरु हुन यी।
चिनियाँ सिम्फोनी आर्केष्ट्रामा
बेला-वादकको रुपमा श्री शंग चौं
क्व विश्वमा चीनका लागि इज्जत
प्राप्त गर्ने सबैभन्दा
उत्कृष्ट बेला-वादक हुनुहुन्छ।
श्री शंग चौं क्वको जन्म एउटा
संङ्गीतकारको परीवारमा भएको थियो।
उहाँका पिता चीनका प्रसिद्ध
बेला-प्राध्यपक हुनुहुन्छ भने
उहाँकी आमा श्वर विद्या सम्बन्धी
विशेषज्ञ हुनुहुन्छ। श्री शंग
चौं क्व यस परीवारका जेठा सदस्य
हुनुहुन्छ। उहाँको जन्म सन्
1941मा भएको हो। त्सस बेला
उहाँका आमा-बाबुको सबैभन्दा ठूलो
आशा चीनको उत्थान तथा समृद्धि
थियो। त्यसकारण उहाँहरुले उहाँको
नाम चौं क्व दिनुभयो।
श्री शंग चौं क्वले पाँच वर्षदेखि आफ्ना
पिताबाट बेला-वादन सिक्नुभयो।
त्यसको दुइ वर्षपछि उहाँले पहिलो
पटक प्रदर्शन गर्नुभयो। उहाँको
नौ वर्षको जन्म दिवसमा वु हान
प्रसारण केन्द्रले उहाँका लागि
कार्यक्रम रिकर्ड गरी प्रसारण
गर्यो। श्रोताहरुले उहाँको
प्रदर्शन सुनेपछि धेरै मन पराएर
उहाँलाई “प्रतिभाशाली बेला-वादक”
को संज्ञा दिए। सन 1954 मा
उहाँले चिनियाँ केन्द्रीय
संङ्गीत अध्ययन संस्थान
अन्तर्गत माध्यमिक विद्यालयमा
प्रवेश गर्नुभयो। मोचार्टको दुइ
सयौं जन्म दिवसको सम्झना गर्न
सन् 1956 मा आयोजित संङ्गीत
समारोहमा उहाँले सफलताका साथ
मोचार्टको बेला संङ्गीत वादन
गर्नुभयो। सोही वर्ष उहाँले
राष्ट्रिय संङ्गीत सातामा भाग
लिएर चिनियाँ केन्द्रीय संङ्गीत
अध्ययन संस्थानको आर्केष्ट्रा
सँगै सहयोग गरी श्री मा स् छौंको
बेला संङ्गीतमा भाग लिनुभयो।
उहाँको प्रदर्शनले संङ्गीत
क्षेत्रको उच्च मुल्यांकन
प्राप्त गर्यो।
सन् 1960 मा श्री शंग चौं क्वले
मास्कोको चाइकोभस्की संङ्गीत
अध्ययन संस्थानमा अध्ययन
गर्नुभयो। त्यहाँ उहाँले
संङ्गीत क्षेत्रमा ओलम्पिक
स्तरीय चाइकोभस्की
अन्तर्राष्ट्रिय बेला
प्रतियोगितामा मानार्थ पुरस्कार
प्राप्त गर्नुभयो। नयाँ चीनको
स्थापना भएदेखि यता विश्व
स्तरीय संङ्गीत प्रतियोगितामा
चिनियाँ बेला-वादकले पुरस्कार
प्राप्त गर्नुभएको यो पहिलो पटक
हो। सन् 1963 मा उहाँले शांहाई
सिम्फोनी आर्केष्ट्रासँग मिलेर
एउटा संङ्गीत समारोहको आयोजना
गर्नुभयो।
सन् 1964 मा पढाइ सकेपछि श्री शंग चौं क्व
स्वदेश फर्कनुभयो। सन् 1976 पछि
उहाँले हरेक वर्ष विश्वका
विभिन्न स्थानमा एक सयवटाभन्दा
बढी संङ्गीत समारोहको आयोजना
गर्नुभयो। सन् 1980 मा उहाँले
अस्ट्रेलियाका छवटा शहरमा
बाह्रवटा संङ्गीत समारोहको
आयोजना गर्नुभयो। उहाँको
प्रदर्शन चीन र अस्ट्रेलिया
बीचको साँस्कृतिक आदान-प्रदानको
इतिहासमा एउटा कोसे ढुंगा बनेको
छ।
सन् 1987 देखि यता श्री शंग चौं क्वले हरेक
वर्ष जापानमा प्रदर्शन गर्नुभयो।
जापान सरकारले उहाँलाई
“साँस्कृतिक दूत” नाम दियो। चीन
र जापान बीच साँस्कृतिक
आदान-प्रदानको पक्षमा उहाँले
ठूलो योगदान पुर्याउनुभएका
कारण सन् 1999 मा जापान सरकारले
उहाँलाई पुरस्कार दियो।
श्री शंग चौं क्वको प्रदर्शनले विश्वको
साँस्कृतिक आदान-प्रदानलाई अघि
बढाउनका लागि ठूलो योगदान पुर्याएको
छ। यसका साथै उहाँले सधैं
स्वदेशका धेरै विश्व विद्यालयमा
प्रवचन दिएर चीनको संङ्गीत
क्षेत्रको विकासलाई सक्रियताका
साथ अघि बढाउनुभएको छ।
बेला संङ्गीत:
《आबाराको संङ्गीत》
|