CRI
श्री ल्यु मिंग युआन बितेको आधा
शताव्दीदेखि यता चीनका
सर्बश्रेष्ठ जातीय
वाद्यवादकहरुमध्येका एक
हुनुहुन्थ्यो। चीन र विश्वको
सङ्गीत क्षेत्रमा उहाँले धेरै
प्रसिद्धि कमाउनु भएको थियो।
उहाँले दुइवटा तार भएको चिनियाँ
सारंगी लगायतमा धेरै किसिमका
तारबाजाहरु बजाउन निकै सिपालु
हुनुहुन्थ्यो। उहाँको वादन शैली
विशिष्टखालको थियो। उहाँले ओपेरा
तथा स्थानीय सङ्गीतका बारेमा
पूर्ण जानकारी हासिल गर्नुभएको
थियो।
श्री ल्यु मिंग युआन सन् 1931 मा चीनको
थेन चिन शहरमा जन्मनु भएको हो। छ
वर्षको उमेरदेखि उहाँले आफ्ना
पितासित तारबाजा बजाउन सिक्न
थाल्नुभयो। उहाँले क्वांग तुंग
प्रान्तको सङ्गीत र पैचिंग ओपेरा
सिक्नुभयो। सन् 1947 देखि 1952
सम्म उहाँ थेन चिनका केही
नाट्य-मण्डलीहरुमा सङ्गीत टोलीका
सदस्य हुनुहुन्थ्यो। सन् 1957 मा
चिनियाँ युवा कलाकारको हैसियतले
उहाँले छैठौं विश्व युवा मनोरन्जन
दिवसको जातीय वादन प्रतियोगितामा
स्वर्ण पदक प्राप्त गर्नुभयो। तीस
वर्षसम्मको लोकप्रिय सङ्गीत
अध्ययनले श्री ल्यु मिंग युआनलाई
सुयोग्य सङ्गीतकार बन्नका लागि
बलियो आधार बसालेको थियो।
श्री ल्यु मिंग युआन तारबाजा बाहेक
पियानो पनि राम्रोसँग बजाउनु
हुन्थ्यो। यसका साथै उहाँले
मंगोलियाका गीतहरु सिकेर
मंगोलियाली जातिको सङ्गीत शैली
राम्रोसँग बुझ्नुभयो। उहाँले
बनाउनुभएका अथवा संशोधन गर्नुभएका
सङ्गीत रचनाहरुको संख्या धेरै छ।
ती रचनाहरुले जातीय शैली तथा कलाको
मोहकतालाई राम्रोसँग अभिव्यक्ति
गरेका छन। तीमध्ये जातीय वाद्य
सङ्गीत: 《खुसी लाग्ने》, 《सुखमय
वर्ष》, दुइवटा तार भएको चिनियाँ
सारंगी सङ्गीत《ह नान प्रान्तको
सङ्गीत》सबैभन्दा लोकप्रिय छन।
यसका अतिरिक्त, श्री ल्यु मिंग युआनले
तारबाजाको सुधार तथा त्यसको
शिक्षण कार्यमा टड्कारो योगदान
पुर्याउनुभएको छ। गत शताव्दीको
पचासको दशकदेखि यता श्री ल्यु
मिंग युआनले सङ्गीतका क्षेत्रमा
योग्य व्यक्तिलाई हुर्काउने
प्रयास गर्नुभयो। सन् 1982 देखि
चिनियाँ संङ्गीत अध्ययन संस्थानको
वाद्य सेवाका प्राध्यापक भएपछि
उहाँले सङ्गीतका क्षेत्रमा
प्रशस्त योग्य व्यक्तिहरुलाई
हुर्काउनुभयो। सन् 1996 को
फेब्रअरीमा श्री ल्यु मिंग युआनको
निधन भयो।
सङ्गीत: 《सुखमय वर्ष》
|