CRI
श्री फु छौंको जन्म सन् 1934 को
मार्च दश तारिखका दिन शांगहाईको
एउटा कला परीवारमा भएको थियो।
उहाँका पिता चीनका प्रसिद्ध
विद्वान , कलाकार तथा दोभाषे
हुनुहुन्छ। तीन/चार वर्षका फु
छौंले संङ्गीतको ठूलो आकर्षक शक्ति
महसुस गर्नसक्नुभयो। उहाँले सात
वर्षदेखि पियानो वादन सिक्न शुरु
भएको थियो। उहाँका शिक्षक इटालीका
संङ्गीत निर्देशक पियानो वादक
मारिओ पासि हुनुहुन्छ। श्री मारिओ
पासि संङ्गीतका क्षेत्रमा महान
व्यक्ति कहलिएका श्री लिचटका
विद्यार्थी हुनुहुन्छ। श्री फु
छौंले श्री मारिओ पासिसँग तीन
वर्षसम्म सिक्नुभयो।
सन् 1953 मा चौथो “विश्व युवा मनोरन्जन महोत्शव”
रोमानियामा आयोजित गरिएको थियो।
श्री फु छौंले त्यस महोत्शवमा
पियानो प्रतियोगितामा तेश्रो
पुरस्कार प्राप्त गर्नुभयो। उहाँले
बनाउनुभएको लयले पहिलेको सोभियत
संघका संङ्गीतकारलाई पछारेपछि
उहाँका आँखामा आँसु आए।
सन् 1955 को मार्च महिनामा पाँचौं
चोपिन अन्तर्राष्ट्रिय पियानो
प्रतियोगिता पोल्याण्डको वार्सो
शहरमा आयोजित गरिएको थियो। त्यस
प्रतियोगितामा श्री फु छौंले
तेश्रो स्थान प्राप्त गर्नुका
साथै माचुर्का भन्ने श्रेष्ठ
वादक-पुरस्कार प्राप्त गर्नुभयो।
तेश्रो स्थान रहे तापनि उहाँको
मोहकताले उहाँलाई त्यस
प्रतियोगितामा सबैभन्दा आकर्षक
मानिसहरुमध्येको एक बनाएको थियो।
चोपिन अन्तर्राष्ट्रिय पियानो
प्रतियोगिता सम्पन्न भएपछि श्री
फु छौंले पोल्याण्डमै बसेर
पियानो वादन कला सिक्नुभयो। सन्
1958 मा उहाँ स्नातक हुनुभयो।
सन् 1956 मा उहाँ विदा बिताउन
चीन फर्कनुभएको थियो। त्यति बेला
उहाँले पैचिंगमा संङ्गीत
कार्यक्रमको आयोजना गर्नुभयो।
सन् 1958 को डिसेम्बरमा श्री फु
छौं पोल्याण्डबाट बेलायतको
लण्डन जानुभयो।
गत शताव्दीको साठी-सत्तरीको दशकमा श्री फु
छौंले झण्डै साढे दुइ हजारवटा
संङ्गीत समारोहहरुको आयोजना
गर्नुभयो। उहाँले श्री मेनुहिन,
बारेनपोइम, चंग चिंग र चुंग
क्वांग वा लगायत विश्वका धेरै
प्रसिद्ध वादकहरुसँग आपसी सहयोग
गर्नुभयो। उहाँले झण्डै पचासवटा
डिस्क रिकर्ड गर्नुभयो। उहाँले
यूरोप, अमेरिका, मध्य-पूर्व,
दक्षिण-पूर्व एसिया, जापान
लगायतका मुलुकहरुको भ्रमण
गर्नुभयो। 《टाइम्स》साप्ताहिकले
उहाँलाई “हालका लागि सबैभन्दा
महान चिनियाँ संङ्गीतकार” भनेर
प्रशंसा गरेको छ।
सन् 1976 मा श्री फु छौंले चिनियाँ केन्द्रीय
संङ्गीत अध्ययन संस्थानमा
संङ्गीत समारोहको आयोजना
गर्नुभयो। त्यसपछि हरेक वर्ष
उहाँले मातृ-भूमि फर्केर पियानो
वादन तथा शिक्षा कार्यक्रमको
आयोजना गर्नेगर्नु भयो। उहाँले
श्री चोपिन, मोचार्ट, देपुसि आदि
संङ्गीतकारहरुको संङ्गीत
सम्बन्धी शिक्षा दिनुभएको छ।
उहाँले ती संङ्गीतकारहरु तथा
सुबर्ट लगायतका संङ्गीतकारका
रचनाहरु बजाउनुभएको छ। उहाँले
चिनियाँ केन्द्रीय संङ्गीत
टोलीसँग श्री पिथोफनको कन्सर्ट
सम्पन्न गर्नुभएको छ। उहाँले
चिनियाँ केन्द्रीय संङ्गीत
अध्ययन संस्थान अन्तर्गत
माध्यमिक विद्यालयको संङ्गीत
टोलीको तालिममा निर्देशन
गर्नुभएको छ। उहाँको प्रशस्त कला
अनुभव र उत्तम शिक्षाले व्यापक
शिक्षक, विद्यार्थी तथा संङ्गीत
प्रेमीहरुको प्रशंसा तथा सम्मान
पाएको छ।
संङ्गीत: 《चोपिनको रात्रि संङ्गीत》
|