CRI
सुश्री सुंग फै चीनका प्रसिद्ध
दुइ-तारे चिनियाँ सारङ्गी वादक
हुनुहुन्छ। उहाँ बीणा लगायतका
तेह्रवटा तार-बाजाहरु बजाउन सिपालु
हुनुहुन्छ। उहाँलाई “जातीय
संङ्गीतकी रानी” भनिन्छ।
विगत सात वर्षदेखि यता सुश्री सुंग फैले थेन चिन
संङ्गीत अध्ययन संस्थानका
प्राध्यापक एवम् दुइ-तारे चिनियाँ
सारङ्गी वादक आफ्ना पिता सुंग क्व
शंगसित संङ्गीत सिक्न शुरु भयो।
सन् 1981 मा उहाँले थेन चिन
संङ्गीत अध्ययन संस्थान अन्तर्गत
माध्यमिक विद्यालयमा पढ्नुभयो। सन्
1987 मा उहाँले चिनियाँ संङ्गीत
अध्ययन संस्थानको वाद्य सेवामा
प्रवेश गरी दुइ-तारे चिनियाँ
सारङ्गी वादन कला सिक्नुभयो। सन्
1991 मा चिनियाँ संङ्गीत अध्ययन
संस्थानबाट स्नातक भएपछि उहाँ
चिनियाँ जातीय संङ्गीत मण्डलमा
दुइ-तारे चिनियाँ सारङ्गी सम्बन्धी
एकल वादक हुनुहुन्थ्यो। सन् 1998
उहाँ चिनियाँ सँस्कृति मन्त्रालयको
जातीय गायन तथा वाद्य अनुसन्धान
कक्षामा भर्ना हुनुभयो। सन् 2000
मा उहाँ स्नातक हुनु भयो।
माध्यमिक विद्यालयमा पढ्दादेखि सुश्री सुंग फैले
सधैंजसो चीनको जातीय संङ्गीत
प्रतियोगितामा भाग लिनुका साथै
धेरै पटक पुरस्कार प्राप्त
गर्नुभएको थियो। चिनियाँ
संङ्गीतकारका प्रतिनिधिको हैसियतले
सुश्री सुंग फैले विश्वका विभिन्न
स्थानको भ्रमण गर्नुभएको छ। उहाँले
अमेरिकाको कारमेचि कक्ष,
अस्ट्रेयाको भिएना सुनौलो कक्ष
लगायत प्रसिद्ध संङ्गीत कक्षमा
चिनियाँ संङ्गीत प्रदर्शन
गर्नुभएको छ।
बीसौं शताव्दिको नब्बेको दशकमा सुश्री सुंग फैले
बारम्बार चीनका विश्वविद्यालयहरुमा
प्रदर्शन गरी चिनियाँ संङ्गीतको
प्रचार-प्रसार कार्य गर्नु भयो।
यसका साथै उहाँले यूरोपको भ्रमण
गरी ठूलो सफलता प्राप्त गर्नुभएको
छ।
सन् 1996 मा सुश्री सुंग फैले नौजना महिला
वादकहरुसँगै मिलेर “चीनका नौवटा
फुल” नामको संङ्गीत-मण्डलको गठन
गरी जातीय संङ्गीतको
प्रचार-प्रसार तथा त्यसको
अनुसन्धान कार्य गर्नुभयो।
उहाँहरुले चीनको परम्परागत जातीय
संङ्गीतमा जीवन्त शक्ति थप्नुभएको
छ।
सन् 1998 र 1999को वसन्त चाडका बेला सुश्री सुंग फै
चिनियाँ जातीय संङ्गीत मण्डलसँगै
दोश्रो पटक भिएना सुनौलो कक्षमा
प्रवेश गर्नुभयो। उहाँले
बजाउनुभएको दुइ-तारे चिनियाँ
सारङ्गीको संङ्गीतले विदेशी
श्रोताहरुलाई निकै प्रभावित पारेको
थियो।
सन् 1999 मा सुश्री सुंग फैले शिक्षण पेशा छान्नुभयो।
उहाँले अरु बढी युवकहरुसँगै मिलेर
जातीय संङ्गीतलाई नयाँ जीवन्त
शक्ति प्रदान गर्न आफू इच्छुक
रहेको कुरा बताउनुभयो।
सन् 2002 मा सुश्री सुंग फैले पैचिंगमा आफ्नो एक
संङ्गीत समारोहको आयोजना गर्नुभयो।
संङ्गीत समारोहमा सुश्री सुंग फैले
दुइ-तारे चिनियाँ सारङ्गी, बीणा
लगायतका तेह्र प्रकारका
वाद्य-यन्त्र बजाएर संङ्गीतका
क्षेत्रमा निकै ठूलो लोकप्रियता
कमाउनु भएको थियो।
सुश्री सुंग फैका प्रसिद्ध रचनाहरु: 《खाली पहाडमा चराको
आवाज》, 《लामो पर्खालबारे आफ्नो
विचार》आदि।
संङ्गीत: 《हावा चल्दा सल्लाको रुखबाट आवाज》
|