अर्थतन्त्रको अवस्था सम्बन्धी संक्षिप्त जानकारी
CRI


       सन् 1949 मा नयाँ चीनको स्थापना भएदेखि यता चीनको अर्थतन्त्रमा तिव्र विकासको गतिले निरन्तरता पाएको छ। खासगरी सन् 1978 देखि सुधार तथा खुलापनको नीति लागू भएदेखियता चीनको अर्थतन्त्रले प्रतिवर्ष सरदर 9 प्रतिशतको दरले विकासको गतिलाई कायम राखेको छ। सन् 2003मा चीनको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादन परिमाण 14 खरब अमेरिकी डलर पुगेको थियो र यो परिमाण अमेरिका, जापान, जर्मनी, बेलायत तथा फ्रान्सको तुलनामा मात्र कम थियो। सन् 2003 को अन्त्यमा चीनको प्रती व्यक्ति सरदर आम्दानी एक हजार अमेरिकी डलरभन्दा बढी पुगेको छ।

        हाल चीनमा लगानी र उपभोगको वातावरण निकै राम्रो छ। सन् 2003 मा चीनमा अचल पूंजी र मालसामानको लगानी 55 खरब चिनियाँ युआन भन्दा बढी पुगेको छ र उपभोग्य वस्तुको कुल खुद्रा व्यापार लगभग 46 खरबभन्दा बढी पुगेको छ। अनि वैदेशिक व्यापार 8 खरव 50 अरबभन्दा बढी पुगेको छ। यो परिमाण बेलायत र फ्रन्सकोभन्दा बढी र अमेरिका, जर्मनी र जापानकोभन्दा कम हो। यी विषयमा चीन विश्वमा चौथों स्थानमा रहेको छ। सन् 2003को अन्तमा चीनको विदेशी मुद्राको संचिति मात्रा चार खरब अमेरिकी डलरभन्दा बढी पुगेको छ जुन परिमाण जापानको भन्दा मात्र कम हो।

        20 भन्दा बढी अवधिको सुधार तथा खुलापन र आधुनिकीकरणको निर्माणमार्फत चीनले आधारभूत रुपमा योजनाबद्ध अर्थतन्त्रबाट समाजवादी बजारमुखी अर्थतन्त्रतिरको परिवर्तन, र समाजवादी बजारमुखी आर्थिक प्रणालीलाई क्रमश: पूर्णता दिइरहेको छ। यसका साथै चीनको ऐन र कानूनले पनि क्रमश: पूर्णता पाइरहेको छ। बजारको खुलापनको अवस्थामा झन-झन सुधार हुँदैआएको छ। लगानीको वातावरणमा निरन्तर रुपमा सुधार भैरहेको छ। मौद्रिक व्यवस्थाको सुधार स्थिर रुपमा भइरहेको छ। यी कदमहरुले चीनको अर्थतन्त्रको निरन्तर विकासका लागि सबल आधार उपलव्ध गराएका छन्।

        नयाँ शताद्बिमा चीनले "मानिस र प्रकृति", "मानिस र समाज", "शहर र गाउँ ", "पूर्व र पश्चिम" र "अर्थतन्त्र र समाजको पूर्ण र संतुलित विकास" भन्ने धारणा प्रस्तुत गरेको छ। सन् 2002 मा भएको चिनियाँ कम्युनिष्ट पार्टीको 16 औं अधिवेशनमा सन् 2020सम्म चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण पूरा गर्ने लक्ष्य प्रस्तुत गरिएको छ।