कृषि

CRI

     
  चीनको अर्थतन्त्रमा कृषि महत्वपूर्ण स्थानमा रहेको छ।

       चीनको भू-क्षेत्रफल छयान्नब्बे लाख वर्गकिलोमिटर भए तापनि चीनको खेतीयोग्य जग्गाको क्षेत्रफल बाह्र लाख सत्तरी हजार वर्गकिलोमिटर मात्र छ। त्यो विश्वको सम्पूर्ण खेत-जग्गाको सात प्रतिशत मात्र हो। चीनका खेत-जग्गाहरु मुख्य गरी पूर्वी चीनको समथर भूमि तथा भन्ज्याङहरुमा पर्छन्। धान खेति चीनको सबैभन्दा महत्वपूर्ण कृषि उत्पादन हो। चीनका मुख्य अन्न बालि धान, गहुँ, मकै र भटमास समावेश छन् भने मुख्य नगदे बालि कपास, बदाम, तोरी, उखु आदि हुन।

      चीनको कृषिको तिब्र विकासको शुरुवात सन् 1978 मा ग्रामीण क्षेत्रको सुधार भएपछि भएको हो। बितेका बीस वर्षभन्दा बढी समयदेखि यता चीनको ग्रामीण क्षेत्रको सुधारले सामूहिक स्वामित्वको प्रारुपमा बजारमुखी अर्थतन्त्रको वातावरणमा सामूहिक अर्थतन्त्रको नयाँ खाले तरिका पत्तो लगाएको छ। सुधारले किसानहरुको हित गर्नुका साथै ग्रामीण क्षेत्रको उत्पादन शक्तिलाई मुक्त गरी चीनको कृषिमा टड्कारो उपलव्धी हासिल गराएको छ। हाल चीनका अन्नपात, कपास, तमाखु, मासु, अन्डा र सागपातको उत्पादन मात्रा विश्वको पहिलो स्थानमा रहेको छ।

       हालैका केही वर्षहरुमा, चीन सरकारले कृषिको विकासलाई ठूलो महत्व दिएको छ। चीनले कृषिका लागि निरन्तर रुपमा लगानी बढाउनुका साथै किसानहरुको आमदानी बढाएको छ जसबाट ग्रामीण क्षेत्र तथा शहरको समन्वयात्मक विकासलाई व्यवहारमा लागू गर्नसकियोस्।