उद्योग

CRI

  

          चीनको उद्योगको तिब्र विकास गत शताव्दीको पचासको दशकको आरम्भमा शुरु भएको हो। सन् 1949 मा जन-गणतन्त्र चीनको स्थापना भएपछि चीनको उद्योगले चौतर्फी विकासको अवधिमा प्रवेश गरेको छ। सन् 1978 देखि लागू भएको सुधार तथा खुलापनसम्म चीनले प्रारम्भिक रुपमा तुलनात्मक पूर्ण औद्योगिक आर्थिक प्रणालीको स्थापना गरेको थियो। परम्परागत पेट्रोल उद्योग, नयाँ खालको रासायनिक उद्योग तथा इलेक्ट्रोनिक उद्योगमा तिब्र विकास भएको थियो। उच्च तथा नयाँ प्रविधिको रुपमा भएको आणविक उद्योग तथा अन्तरिक्ष उद्योगले टड्कारो प्रगति हासिल गरेको थियो। गत शताव्दीको सत्तरीको दशकको अन्तदेखि यता चीनको उद्योगको विकासको प्रवृति निकै तिव्र छ। सन् 1979 देखि 2003सम्म चीनको उद्योगको वृद्धि दर दश प्रतिशत भन्दा बढी छ।

        पचास वर्षको विकासपछि चीनको मुख्य उद्योगको उत्पादन मात्रामा तिब्र गतिले वृद्धि भएको छ। सन् 1996 देखि यता चीनको फलाम इस्पात, पत्थर कोइला, सिमेन्ट, कृषिका लागि रासायनिक मल र टेलिभिजनको उत्पादन मात्रा विश्वको पहिलो स्थानमा रहिआएको छ।