सेवामूलक व्यवसाय

CRI



       गत शताव्दीको सत्तरी‌‌को दशकदेखि यता चीनको सेवामूलक व्यवसायमा तिव्र गतिले विकास भएको छ।

       यसको अभिव्यक्ति दुइवटा पक्षमा भएको छ: एक, सेवामूलक व्यवसायको निरन्तर विकास भएको छ। तथ्यांक अनुसार, सन् 1978देखि 2002 सम्ममा चीनको सेवामूलक व्यवसायमा लगानीको थप मात्रा 86 अरब 5 करोड चिनियाँ युआनबाट बढेर 34खरब 53 अरब 30 करोड चिनियाँ युआन पुगेको छ। सेवामूलक व्यवसायको थप परिमाण चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादन परिमाणको, सन् 1979 को 21.4 प्रतिशतबाट बढेर सन् 2002 को 33.7 प्रतिशतसम्म पुगेको छ। सन् 2003 मा चीन सार्स रोगबाट प्रभावित भए तापनि चीनको सेवामूलक व्यवसायमा निरन्तर रुपमा तिव्र विकासको गति कायम छ।

        यसका अतिरिक्त, चीनमा सेवामूलक व्यवसाय रोजगारीको एउटा मुख्य आधार बनिसकेको छ।

        हाल चीनको सेवामूलक व्यवसायमा रेस्टराँ, पर्यटन, खरिद-बीक्री, मुद्रा, बिमा, सूचना, ओसार-पसार, ऐन लगायतका धेरै क्षेत्र समावेश छन्। चीनको विकास योजना अनुसार, सन् 2020 सम्ममा चीनको सेवामूलक व्यवसायले चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादन परिमाणमा आधाभन्दा बढी स्थान ओगट्ने छ। अहिले यसले ओगटेको स्थान एक तिहाइ रहेको छ।