आधारभूत प्रबन्धको निर्माण

CRI


  राजमार्ग

  चीनको भू-भाग निकै विशाल छ । र यस विशाल देशमा चारै दिशातिर राजमार्गहरुको जालो फैलिएको छ। त्यसमध्ये पूर्वदेखि पश्चिमसम्म तथा दक्षिणदेखि उत्तरसम्म पुग्ने बाह्रवटा मुख्य राजमार्ग ज्यादै महत्वपूर्ण राजमार्ग हुन। तिनीहरुको कूल लम्बाइ पैंतिस हजार किलोमिटर छ। तीमध्ये अधिकांशको निर्माण-कार्य पूरा भइसकेको छ।

       चीनले सधैं नै राजमार्गको निर्माणलाई आधारभूत प्रबन्धको निर्माणको एउटा महत्वपूर्ण विषयको रुपमा लिंदैआएको छ। सन् 1998 देखि 2001 सम्म लगातार चार वर्षसम्म चीनले राजमार्गको निर्माणमा गरेको लगानी दुइ खरब चिनियाँ युआनभन्दा बढी पुगेको थियो। सन् 2002 मा राजमार्गतर्फको लगानी तीन खरब चिनियाँ युआन पुगेको थियो। नयाँ निर्माण गरिएका राजमार्गको कूल लम्बाई सत्सट्ठी हजार किलोमिटर पुगेको थियो र त्यसमध्ये राजमार्गको लम्बाई पाँच हजार सात सय किलोमिटर पुगेको थियो। गत वर्ष नयाँ निर्माण गरिएका राजमार्गहरुको लम्बाइ छत्तिस हजार किलोमिटरभन्दा बढी थियो। गत वर्षको अन्त्यसम्ममा मोटर-गाडीका लागि खुला गरिएका देशभरिका राजमार्गहरुको कूल लम्बाइ अठार लाख किलोमिटरभन्दा बढी पुगेको छ। तीमध्ये उच्च गतिका राजमार्गहरुको लम्बाइ चालिस हजार किलोमिटर पुगेको थियो। यसका साथै चीनले मध्य-पश्चिमी क्षेत्रको राजमार्गको निर्माण-कार्यलाई तिव्र पारेपछि यस क्षेत्रको राजमार्गको अवस्थामा अपेक्षाकृत सुधार भएको छ।

       सन् 2008 सम्म चीनमा राष्ट्रिय मुख्य राजमार्ग सम्बन्धी प्रणाली सम्पूर्ण रुपमा पूरा हुने भएको छ। त्यस बेलामा पैचिंग, शांग हाई र सबै सरकार शासित शहर, सामान्य शहरका सदरमुकाम र स्वायत्त प्रदेशका सदरमुकामहरु हाइवै र उच्च स्तरीय राजमार्गसंग जोड्नसक्ने छ। यसले गर्दा जोड्नसक्ने शहरहरुको कूल संख्या दुइ सयभन्दा बढी पुग्ने छ।


   रेल-मार्ग

   सन् 2003 को अन्त्यसम्ममा चीनको रेल-मार्गको कूल लम्बाई त्रिहत्तर हजार किलोमिटर पुगेको थियो। चीनको पहिलो समुद्र पार रेल-मार्ग अर्थात् “युए हाई” रेल-मार्ग सन् 2003 को जनवरी सात तारिखका दिन औपचारिक रुपमा खोलिएको थियो। चीन हाल सारा विश्वमा रेल-मार्गबाट ढुवानी गर्ने विश्वका सबैभन्दा ठूलो मुलुकहरुमध्येको एक बनिसकेको छ। साथै चीन विश्वमा रेल-मार्गको ढुवानीको वृद्धि दर सबैभन्दा तिव्र भएको मुलुक पनि बनिसकेको छ।

       सन् 1998 देखि यता चीनको रेल-मार्गले सफलताका साथ रेलको गतिलाई बढाउनुका साथै संख्यामा पनि वृद्धि गरेको थियो। यसले गर्दा धेरै यात्रुवाहक रेल बेलुकी प्रस्थान गर्ने र विहान गन्तव्य स्थानमा पुग्नसक्ने सुनिश्चितता प्रदान भएको छ। परिणामस्वरुप यात्रुहरुलाई बाहिर जानका लागि निकै सुविधा भएको छ।


       बन्दरगाह
  

       चीनका समुद्र-तटवर्ती शहरका बन्दरगाहहरुबाट मुख्य गरी कोइला, कन्टेनर, फलामे खनिज पदार्थ र अन्न आदि ढुवानी गरिन्छ। विशेष गरी कन्टेनरको ढुवानीका लागि बन्दरगाहको निर्माणलाई सशक्त पारिएको छ। चीन सरकारले ता लेन, थ्येन चिन, छिंग ताऊ, शांग हाई, निंग पो, श्या मन र शन चन आदि बन्दरगाहमा जोडतोडसँग कन्टेनर मालघाटको निर्माण गरेकोले चीनमा कन्टेनर ढुवानीका लागि केन्द्रीय बन्दरगाहको निर्माणको जग बसेको छ। चीनले कोइला ढुवानी प्रणालीको निर्माणलाई पनि अरु बढी मजबुत पारेको छ। यसका साथसाथै चीनले आयात हुने काँचो तेल र फलामे खनिज पदार्थको मालघाटको पुनर्स्थापना र विस्तार गरेको छ।

       सन् 2003 को अन्त्यसम्म समुद्र तटवर्ती मुख्य बन्दरगाहमा जम्मा एक हजार आठ सयवटा पोताश्रय निर्माण गरिएका छन्। तीमध्ये दश हजार टन क्षमताका पोताश्रयको संख्या पाँच सय तीसभन्दा बढी छन्। मालसामानको ओसार-पसार मात्रा एक अरब सत्तरी करोड टनभन्दा बढी पुगेको छ। केही ठूला बन्दरगाहको वार्षिक ढुवानी परिमाण दश करोड टनभन्दा बढी पुग्नसक्छ। शांग हाई बन्दरगाह, शन चन बन्दरगाह, छिंग ताऊ बन्दरगाह, थ्येन चिन बन्दरगाह, क्वांग चौ बन्दरगाह, श्या मन बन्दरगाह, निंग पो बन्दरगाह र ता लेन बन्दरगाह यी आठवटा बन्दरगाह विश्वमा रहेका पचास वटा महत्वपूर्ण कन्टेनर बन्दरगाहको पंक्तिमा प्रवेश भइसकेका छन्।


  नागरिक विमान

  चीनको विमान सेवाले विश्वका विभिन्न स्थानसम्म आफ्नो सेवा विस्तार गरेको छ। सन् 2003 को अन्त्यसम्म चीनको नागरिक विमान सेवाका लागि निर्मित विमानस्थलको संख्या एक सय चालीसभन्दा बढी पुगेको छ। नियमित एअरलाइनको संख्या एक हजारभन्दा बढी छ। तीमध्ये अन्तर्राष्ट्रिय एअरलाइनको संख्या एक सय साट्ठीभन्दा बढी छ र तीमध्य तीनवटाभन्दा बढीले विश्वका साट्ठीवटाभन्दा बढी शहरमा आफ्नो सेवा पुर्‍याइरहेका छन्।


     टेलिफोन

   सन् 2003 को शुरुमा चीनमा नयाँ थपिएका स्थायी रुपमा टेलिफोनको उपयोग गर्ने परिवारहरुको संख्या चार करोड नब्बे लाख असी हजार पुगेको थियो र सोही वर्षको अन्त्यसम्ममा सो संख्या छब्बीस करोडभन्दा बढी पुगेको थियो। त्यसमध्ये शहरी क्षेत्रको टेलिफोनको संख्या सोह्र करोडभन्दा बढी थियो भने ग्रामीण क्षेत्रको टेलिफोनको संख्या नौ करोड बीस लाख तेह्र हजार पुगेको थियो। चीनले सन् 1987 देखि मोबाइल फोनको प्रयोग शुरु गरेको थियो। सन् 1990 पछि मोबाइल फोनको प्रयोगमा तीव्र गतिले वृद्धि हुदैआएको देखिन्छ। त्यसको वृद्धि दर प्रति वर्ष शत प्रतिशतभन्दा बढी रहेको छ। सन् 2003 सम्ममा मोबाइल फोनको विस्तार चीनका सबै ठूला तथा मझौला शहर र दुइ हजारभन्दा बढी साना शहरबस्तीमा समेत भएको पाइएको छ। यस अवधिमा मोबाइल फोनको उपयोग गरिरहेका परिवारहरुको संख्या ६ करोड छब्बीस लाख नब्बे हजार पुगेको छ र गत वर्षको अन्त्यसम्ममा सत्ताइस करोडभन्दा बढी पुगेको छ। गत वर्षको अन्त्यसम्ममा चीनमा स्थायी टेलिफोन र मोबाइल फोनको प्रयोग गर्ने परिवारहरुको कूल संख्या त्रिपन्न करोडभन्दा बढी पुगेको छ र यो संख्यामा सन् 2002 को अन्त्यको तुलनामा एघार करोडभन्दा बढीले वृद्धि भएको छ। यसरी चीनमा टेलिफोनको प्रयोग दर एक सयजनामा बयालिस वटा रहेको छ।
  

        इन्टरनेट

        हाल चीनमा इन्टरनेट हेर्ने व्यक्तिको संख्या आठ करोड जति छ।

        प्राप्त तथ्यांक अनुसार, चीनमा हरेक हप्ता कम्तिमा एक घण्टासम्म इन्टरनेट हेर्ने मानिसहरुको संख्या अमेरिका र जापानको तुलनामा मात्र कम छ। सन् 2001 को उत्तरार्धमा चीनमा वेभ साइटको संख्यामा निरन्तर रुपमा वृद्धि हुंदैआएको छ। हाल तीनको संख्या तीन लाख जति छ। देशभरि फैलिने केबुल, उपग्रह र डिजिटल सेवामा आधारित एउटा तीव्र गतिको आधारभूत ढुवानी सम्बन्धी नेटवर्कको निर्माण पूरा भइसकेको छ। सन् 2003 को अन्त्यसम्म चीनमा केबुल-लाइनको कूल लम्बाई सत्ताइस लाख किलोमिटर पुगेको थियो। समुद्र तटवर्ती क्षेत्र र मुख्य भूमिका विकसित क्षेत्रहरुमा गाउँबस्ती र अग्लो भवनमा केबुल फैलिएको छ र यो सूचनाको आदान-प्रदानको मुख्य प्राविधिक माध्यम बनिसकेको छ। हाल डिजिटल नेटवर्क, कम्भ्युटर नेटवर्क लगायतका सार्वजनिक सूचना सम्बन्धी इन्टरनेट प्रारम्भिक रुपमा स्थापित भइरहेको छ। जुन मुलुकका नब्बे प्रतिशतभन्दा बढी जिल्ला र शहरमा फैलिएको छ। साथै यो विश्वमा सबैभन्दा ठूलो परिमाणको सार्वजनिक सूचना सम्बन्धी इन्टरनेटहरुमध्येको एक बनिसकेको छ।