राष्ट्रस्तरीय उच्च एवम् नयाँ प्राविधिक क्षेत्र

     

       हाल चीनमा पचासवटा राष्ट्रस्तरीय उच्च एवम् नयाँ प्राविधिक उत्पादन विकास क्षेत्र स्थापित गरिएको छ। प्रान्तभन्दा उच्चस्तरीय वैज्ञानिक प्रविधि सो क्षेत्रमा उत्पादन गरिएको छ। राष्ट्रस्तरीय उच्च एवम् नयाँ प्राविधिक उत्पादन विकास क्षेत्रको मुख्य आर्थिक वृद्धि दर विगत 10 वर्षसम्म 60 प्रतिशत कायम राखेको छ। त्यो राष्ट्रिय अर्थतन्त्रको विकासालाई अघि बढाउने एक महत्वपूर्ण शक्ति बनिसकेको छ।

       पैचिङको चौं क्वान छ्वुन वैज्ञानिक क्षेत्र र थ्येन चिन, शाङहाई, च्याङ सु, आन व्है, शान तुङ, हु पै, क्वाङ तुङ, शान सि, ता ल्यान, श्या मन, छिङ ताउ र शन चन लगायतका प्रान्त र शहर अवस्थित केही राष्ट्रस्तरीय उच्च एवम् नयाँ प्राविधिक उत्पादन विकास क्षेत्रमा विकासको गति तिव्र भएको, वातावरण राम्रो भएको एवम् उच्च तथा नयाँ प्राविधिक उत्पादनको निर्यातमा तिब्र गतिले वृद्धि भएको हुनाले ती शहरहरुका प्रविधि विकास क्षेत्रलाई चीनका पहिलो समूहका निर्यात अखाडा कायम गरेको छ। तीमध्ये चु च्याङ डेल्टा, छाङ च्याङ डेल्टा र पैचिङ तथा थ्येन चिन क्षेत्रमा उच्च तथा नयाँ प्राविधिक उत्पादनको निर्यातको स्थान धेरै रहेकाले ती क्षेत्रको निर्यातको संख्या चीनभरिको उच्च तथा नयाँ प्राविधिक उत्पादनको निर्यातको संख्याको 80 प्रतिशत भन्दा बढी पुगेको छ। सन् 2002मा चीनमा उच्च तथा नयाँ प्राविधिक उत्पादनको निर्यातको मात्रा चीनको कूल विदेश निर्यातको मात्राको 20 प्रतिशत भन्दा बढी पुगेको छ।