कर सौविध्यप्राप्त क्षेत्र

CRI


      कर सौविध्यप्राप्त क्षेत्र चाहिँ चीन सरकारको अनुदानमा सञ्चालन गरिएको अन्तर्राष्ट्रिय वाणिज्य र कर सौविध्यप्राप्त व्यवसाय सम्बन्धी क्षेत्र हो। जसको अर्थ अन्तर्राष्ट्रिय जगतमा सर्वविदित स्वतन्त्र वाणिज्य क्षेत्र जस्तो हुनआउँछ। सो क्षेत्रमा विदेशी व्यापारीहरुले आफ्नो पूंजी लगानीमा अन्तर्राष्ट्रिय वाणिज्य-व्यवसाय सञ्चालन गर्न, सहुलियत कर दरमा सामान भण्डारण गर्ने व्यवस्थाको विकास गर्न र निकासीका सामानहरुको प्रशोधन गर्न पाउँछन्। हाल चीनमा जम्मा गरी शाङ्गहाईको वाई काउ छ्याओ कर सौविध्यप्राप्त क्षेत्र लतायतका पन्ध्रवटा यस्ता कर सौविध्यप्राप्त क्षेत्र छन्। ती क्षेत्रहरु अब चीनको अर्थतन्त्रलाई विश्वको अर्थतन्त्रसँग घुलमिल हुने नयाँ ढाँचाका एकत्रित माध्यम बन्नपुगेका छन्।