पैठारी र निकासीतर्फको स्थिति

CRI



       चीनको अर्थतन्त्रको वृद्धि निरन्तर र द्रुत गतिमा हुँदैआएको परिप्रेक्षमा वैदेशिक वाणिज्य पनि एकनाससित विकसित हुँदैगइरहेको छ। विश्वको व्यापारिक श्रेणीमा चीन सन् 1978 को 32औँ स्थानबाट माथि उठेर सन् 1989 मा 15औँ स्थानमा पुगेको छ। फेरि सन् 1977 को दशौँ स्थानबाट सन् 2001 मा छैठोँ स्थानमा चढिसकेको छ। सन् 2001 मा चीनको पैठारी र निकासीको कुल परिमाण 5 खरब 96 अरब 50 करोड अमेरिकी डलर पुगेको थियो। जुन सन् 1978、1989 र 1997 को क्रमश: 24.7 गुणा、 4.6 गुणा र 1.57 गुणा बराबर थियो। सन् 2002 मा चीनको पैठारी र निकासीको कुल परिमाणले फेरी अर्को एक नयाँ खुड्किलो चढेको छ । यो वर्ष चीनको निकासी-पैठारी 6 खरब 20 अरब 77 करोड अमेरिकी डलर पुगेको थियो। सन् 2003 मा चीनको पैठारी र निकासीको कुल परिमाण 8 खरब 51 अरब 20 करोड अमेरिकी डलर पुगेको थियो। त्यसमा सन् 2002 को तुलनामा 37.1 प्रतिशतले बृद्धि भएको पाइयो। तीमध्ये निकासी परिमाण 4 खरब 38 अरब 40 अमेरिकी डलर थियो र 34.6 प्रतिशतले बृद्धि भएको थियो भने पैठारी मात्रा चाहिँ 4 अरब 12 अरब 80 करोड अमेरिकी डलर थियो र 39.9 प्रतिशतले बृद्धि भएको देखियो (सातौँ फार्म हेर्नुहोला) । यसरी चीन अब विश्वको चौथो ठूलो निकासी-पैठारीकर्ता राष्ट्र बनिसकेको छ।

       हाल चीनले विश्वका 220 वटाभन्दा बढी मुलुक र क्षेत्रहरुसँग व्यापारिक सम्बन्ध स्थापना गरिसकेको छ। जापान, अमेरिका, यूरोपेली संघ, हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्र, आशियान, गणतन्त्र कोरिया, थाइवान प्रान्त, अस्ट्रेलिया, रुस र क्यानाडा चीनका दशवटा ठूला व्यापारिक साझेदार हुन्।