विदेशी पूंजीको प्रयोग

CRI


        चीनमा विदेशी पूंजीको प्रयोगका उपाय र तरिका विविध छन। यस्ता तरिकालाई मोटामोटी रुपमा तीन थरीमा विभाजित गर्नसकिन्छः विदेशी मुलुकका सरकार तथा अन्तर्राष्ट्रिय वित्तीय संगठनबाट ऋण लिने तथा विदेशी व्यापार बैंकबाट ऋण लिने, निर्यातको क्रेडिट, बाहिरका लागि डिवेन्चर प्रकाशन आदि। विदेशी व्यापारीहरुले प्रत्यक्ष रुपमा लगानी गर्ने। यसमा चीन र बाहिरका संयुक्त पूंजीका उद्योग-व्यवसाय, सहकारी व्यवसाय, बाहिरका व्यापारीको लगानीमा सञ्चालित उद्योग-व्यवसाय तथा संयुक्त रुपमा परियोजना सञ्चालन आदि समावेश छन् । बाहिरका व्यापारीहरुको अन्य लगानी र यसमा इन्टर्नेशनल रेन्ट, कम्पेन्सेशन ट्रेड, जडान र प्रशोधन तथा बाहिरका लागि स्टक प्रकाशन आदि समावेश छन्।

      सन् 1990 देखि सन् 2001 सम्म चीनले यथार्थमा पाँच खरब दश अरब असी करोड अमेरिकी डलर विदेशी पूंजीको प्रयोग गरेको छ। त्यसमध्ये बाहिरका व्यापारीहरुले प्रत्यक्ष रुपमा तीन खरब अठहत्तर अरब लगानी गरेका छन्। सन् 2002मा चीनले प्रयोग गरेको बाहिरको पूंजीको मात्रा वास्तवमा पचपन्न अरब अमेरिकी डलर पुगेको छ। त्यसमध्ये बाहिरका व्यापारीहरुले प्रत्यक्ष रुपमा गरेको लगानीको परिमाण बाउन्न अरब सत्तरी करोड अमेरिकी डलर पुगिसकेको वताइएको छ। चीन पहिलो पटक विश्वमा सबैभन्दा बढी विदेशी पूंजी उपयोग गर्ने मुलुक बनिसकेको छ। सन् 2003मा चीनमा विदेशी व्यापारीहरुको प्रत्यक्ष लगानी अझ ठूलो रहेको छ। वर्षदिन अनुमोदन पाएर स्थापना हुने विदेशी व्यापारीहरुको प्रत्यक्ष लगानीका व्यवसायहरुको संख्या एकचालिस हजार आठ पुगेको छ र सन् 2002को तुलनामा यसमा बीस दशमलब दुइ प्रतिशतले वृद्धि भएको छ। ठेक्काको रकम एक खरब पन्ध्र अरब दश करोड अमेरिकी डलर पुगेर यसमा उनान्चालिस प्रतिशतले बढौती भएको छ। वास्तवमा प्रयोग गरिएको रकम त्रिपन्न अरब पचास करोड अमेरिकी डलर पुगेर एक दशममलब चार प्रतिशतले वृद्धि भएको छ ।