चीनमा सञ्चालित मुख्य अन्तर्देशीय कम्पनी

CRI


वर्कसभेगन
       चीनमा रहेको जर्मनीको वर्कसभेगन कम्पनीको वर्कसभेगन मोटर (चीन)लगानी कम्पनी लिमिटेडले यताका 20 वर्षदेखि चीनको शांग हाइ र छांग छुनमा चीन र विदेशका संयुक्त पूंजिबाट सञ्चालित दुइवटा मोटर कारखाना तथा केही कलपूर्जा उद्यम-व्यवसायहरुको स्थापना गरेको छ। साथै त्यसले चीनमा एक सयवटाभन्दा बढी कलपूर्जाको आपूर्ति केन्द्र पनि खडा गरेको छ।

       18 अरब 90 करोड चिनियाँ युआनभन्दा बढीको कूल लगानीबाट यसले शांग हाइ वर्कसभेगन मोटर कारखाना हालसम्म सान्ताना, सान्ताना 2000 , पासात , पोलो र गोल जस्ता पाँचवटा मोडल र कैयन दर्जनौं खालका मोटरहरु बनाइसकेको छ। उता कूल लगानी 11 अरब 10 करोड चिनियाँ युआनभन्दा बढी पुगेको प्रथम मोटर वर्कसभेगन मोटर कारखानाले आउदी र वर्कसभेगन जस्ता दइटा मार्का र पाँचवटा मोडलका मोटर बनाइसकेको छ। ती पाँचवटा मोडलमा आउदी ए 6, ए 4, बोरा, जेट्टा र गोल्फ रहेका छन्। निरन्तर नवीनकरण भएको मोटर र राम्रो सेवाका आधारमा वर्कसभेगन मोटर कम्पनी हाल चीनमा संयुक्त पूंजिबाट सञ्चालित सबैभन्दा ठूलो मोटर व्यापारी बन्न पुगेको छ । त्यससित धेरै चिनियाँ उपभोक्ताहरु छन् ।
हाल चीन वर्कसभेगन मोटर ग्रुपको विश्वव्यापी दोस्रो ठूलो बजार बन्नपुगेको छ। यसपछिका 5 वर्षभित्र वर्कसभेगन ग्रूपले चीनको बजारमा निरन्तर रुपमा 5 अरब युरोको लगानी गर्नेछ।

बोइंग
       बोइंग कम्पनीले चीनसित लामो समयसम्म स्थापना गरेको मैत्रीपूर्ण सहयोगात्मक सम्बन्धको इतिहास सन् 1972 देखि शुरु भएको हो। बोइंग कम्पनीले चीनमा व्यापक रुपमा उडान, मर्मत र व्यवस्थापन सम्बन्धी तालिम दिएर बोइंग विमानको सञ्चालनका लागि ग्यारण्टी उपलव्ध गराउंदैआएको छ। यसका साथसाथै बोइंग कम्पनीले चीनको सीमा क्षेत्रभित्र विमानघाटमा प्रतिनिधि सेवा, आपूर्ति र प्राविधिक टेवा प्रणाली खडा गर्नुका साथै हवाइ यातायातको व्यवस्थापन र हवाइ सुरक्षाको स्तरलाई माथि उकास्नेतर्फ चिनियाँ नागरिक वायु सेवालाई सहयोग पुर्‍याइसकेको छ।

       यसका अतिरिक्त, बोइंग कम्पनीले चीनको विमान उद्योगसँग व्यापक रुपमा उत्पादन-सहयोग गरेको छ। यसका साथै मिश्रित सामग्रीहरुको उत्पादन, विमानको मर्मत र पुनर्गठन तथा कलपूर्जाको आपूर्ति कार्यमा सामेल हुनका लागि बोइंग कम्पनीले नयाँ संयुक्त पूंजिबाट सञ्चालित व्यवसायको स्थापना गरेको छ।

       हालसम्म विश्वको परिधिमा काममा चलिरहेका 3 हजार3 सयवटा बोइंग विमानका महत्वपूर्ण कलपूर्जाहरु चीनमा बनाइएका हुन्।

नोकिया
       गत शताव्दिको 50 को दशकदेखि नोकिया कम्पनीले चीनसित व्यापारिक सम्बन्ध कायम राख्दैआएको छ। सन् 1985 मा नोकिया कम्पनीले पैचिंगमा आफ्नो प्रथम कार्यालय खडा गरेको थियो र चीनमा प्राथमिक विकास चरणको शुरुआत गरेको थियो। गत शताव्दिको 90 को दशकको मध्यताका नोकिया कम्पनीले चीनमा संयुक्त पूंजीबाट सञ्चालित उद्योग-व्यवसायको स्थापना मार्फत उत्पादनलाई स्थानीयकरण गर्नथालेको थियो र क्रमशः त्यसलाई विश्वमा नोकियाको मुख्य उत्पादन अखडाको रुपमा स्थापित गरेको छ । नयाँ शताव्दिमा प्रवेश भएपछि नोकियाले सबैभन्दा नयाँ दूर-सञ्चार प्रविधि क्षेत्रमा चीनसँगको घनिष्ट सहयोगलाई मजबूत पार्ने तरीकामार्फत चीनको सूचना उद्योगको विकासमा गहन रुपबाट सहभागी हुनाका साथै चीनलाई नोकियाको विश्वव्यापी अखडाका रुपमा विकसित पार्नेतर्फ कार्यरत रहनेछ।

       चीनमा नोकिया कम्पनीले दुइवटा विश्वव्यापी अनुसन्धान र विकास केन्द्रको स्थापना गरेको छ। यसका कार्यालय राष्ट्रभरि फैलिएका छन् जसका कर्मचारीहरुको संख्या 4 हजार 5 पगेको छ। नोकिया कम्पनीका पूरा मुख्य उत्पादन वस्तुहरु चीनमा बनाउने लक्ष्य साकार भइसकेको छ। जसमा नोकिया कम्पनीका सबैभन्दा राम्रा मोबाइल, मोबाइलको अखडा, अखडा नियन्त्रण यन्त्र, चलायमान एक्सचेञ्ज, डिजिटल एक्सचेञ्ज उपकरण तथा डिजिटल मल्टिमिडिया टर्मिनल सेटजस्ता प्रबन्धहरु समावेश छन्।

माइक्रोसोफ्
       माइक्रोसोफ्ट कम्पनी सन् 1992 देखि चीनमा प्रवेश भएपछि निरन्तर रुपमा बडेमाको लगानी गरी चीनमा माइक्रोसोफ्ट चीन अनुसन्धान विकास केन्द्र, माइक्रोसोफ्ट एशिया अनुसन्धान प्रतिष्ठान र माइक्रोसोफ्ट विश्वव्यापी प्रविधि केन्द्र जस्ता विश्व स्तरीय तीनवटा विकास, वैज्ञानिक अनुसन्धान र प्राविधिक समर्थन प्रतिष्टानको स्थापना गरेको छ। जसले गर्दा माइक्रोसोफ्ट चीन कम्पनी विदेशमा माइक्रोसोफ्ट कम्पनीको सबैभन्दा बढी क्षमतायुक्त शाखा कम्पनी बन्न पुगेको छ।

       हालसम्म माइक्रोसोफ्ट कम्पनीले चीनमा दुइटा संयुक्त पूंजीबाट सञ्चालित सोफ्टवेयर व्यवसायमा लगानी गरेको छ। माइक्रोसोफ्ट कम्पनीले 1 करोड 90 लाख चिनियाँ युआन्को लगानी गरी स थोंग ग्रूप र चोंग क्वान छुन् वैज्ञानिक र प्राविधिक कम्पनी लिमिटेडसँग संयुक्त पूंजीमा चोंग क्वान छुन् सोफ्टवेयर कम्पनी लिमिटेडको सथापना गरेको छ। माइक्रोसोफ्ट कम्पनीले शांग हाइको ल्यान ह लगानी कम्पनी लिमिटेडसाग संयुक्त पूंजीमा शांग हाइ माइक्रोसोफ्ट सोफ्टवेयर कम्पनी लिमिटेडको स्थापना गरेको छ। यसका अतिरिक्त, माइक्रोसोफ्ट कम्पनीले शांग हाइको यातायात विश्वविद्यालय, शांग हाइको ल्यान ह लगानी कम्पनी लिमिटेड, शांग हाइ फू तोंग सोफ्टवेयर क्षेत्र कम्पनी लिमिटेडसँग संयुक्त पूंजीमा शांग हाइको यातायात विश्वविद्यालय अन्तर्गतको सोफ्टवेयर इन्स्टिट्यूट तथा शांग हाइको यातायात विश्वविद्यालय अन्तर्गतको सोफ्टवेयर विज्ञान तथा प्रविधि सेवा कम्पनी लिमिटेडको स्थापना गरेको छ। यसमा माइक्रोसोफ्ट कम्पनीले कूल 40 लाख चिनियाँ युआनको लगानी गरेको छ। जसले कूल लगानीको 10 प्रतिशत स्थान ओगटेको छ।

       माइक्रोसोफ्ट कम्पनीले विश्वमा बढी खरिद भएको एक्स बोक्सको उत्पादनलाई चीनमा राखिदिएको छ।