बैंक तथा अनुगमन

CRI


       हाल चीनमा केन्द्रीय बैंकबाट सामन्जस्यता तथा नियन्त्रण र अनुगमन गरिने, राष्ट्रिय बैंकको प्रधानता हुने, नीतिगत बैंकिंग र व्यापारिक बैंकिंगको काम फरक-फरक हुने, विभिन्न किसिमका वित्तीय निकायका बीच सहयोग हुने तथा क्षमता बीचको पूर्ति हुने वित्तीय प्रणाली प्रारम्भिक रुपमा बनिसकेको छ।

         चिनियाँ जन-बैंकले केन्द्रीय बैंकको कार्यभार वहन गर्नुका साथै सारा चीनको वित्तीय व्यवसायलाई समष्टिगत रुपमा तारतम्य मिलाउने र नियन्त्रण गर्ने तथा अनुगमन गर्ने गरेको छ। चीन उद्योग वाणिज्य बैंक, चीन बैंक, चीन कृषि बैंक तथा चीन निर्माण बैंक गरी ती चार वटा बैंक राष्ट्रिय स्वामित्वयुक्त वाणिज्य बैक हुन्। यसका साथै अघि पछि गरी चीन कृषि विकास बैंक, राष्ट्रिय विकास बैंक तथा चीन आयात निर्यात बैंक गरी तीन वटा नीतिगत गुणको बैंकको स्थापना पनि गरिएको छ। सन् 1995मा चीनले “वाणिज्य बैंक सम्बन्धी कानून” प्रकाशित गरी वाणिज्य बैंकको प्रणाली तथा संगठनको निकायको स्थापना गर्नका लागि पूर्वाधार सिर्जना गर्नुका साथै राष्ट्रको विशेष व्यावसायिक बैंकबाट राष्ट्रिय स्वामित्वयुक्त वाणिज्य बैंकका रुपमा रुपान्तरण गर्नका लागि कानूनी आधार बसालिदिएको छ। सन् 1996देखियता वित्तिय व्यवसायको संरचना क्रमबद्ध रुपमा सुव्यवस्थित हुदैआएर राष्ट्रिय स्वामित्वयुक एकल लगानीको वाणिज्य बैंकलाई सुधार गरेर मुद्राको लेनदेन गर्ने आधुनिक वित्तीय व्यवसायका रुपमा रुपान्तरण गरिएको छ। यसका अतिरिक्त, क्रमशः एक सय बीस भन्दा बढी हिस्सेदार रुपको मझौला तथा साना वाणिज्य बैंकलाई पुनर्गठन गरिनुका साथै स्टक तथा बिमा जस्ता वित्तीय निकायलाई झन् व्यवस्थित र विकसित पारिएको छ।

      चिनियाँ बैंक व्यवसाय अनुगमन तथा सञ्चालन समिति चीनका बैंकहरुको अनुगमन गर्ने एक अंग हो। सन् 2003को अप्रिल अठ्ठाइस तारिखका दिनदेखि चिनियाँ बैंक अनुगमन तथा सञ्चालन समितिले औपचारिक रुपमा आफ्नो कार्यभार सम्हाल्न थालेको थियो। त्यसले बैंक व्यवसायको वित्तीय एकाइको अनुगमन सम्बन्धी विधि विधान, नियम र पद्धतिको तर्जुमा गर्ने कामको जिम्मा लिनुका साथै बैंक व्यवसायको वित्तीय निकायमाथि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा अनुगमन गरी नियम उल्लंघन गर्नुलाई कानून अनुसार कार्बाही गरी दोषीलाई सजाय दिने गर्दछ।