स्टक र यसको निगरानी

CRI


       सन् 1990 र 1991 यी दुइ वर्षमा, चीनले शाङ्गहाई र शन चन यी दुइ शहरमा अघि पछि गरी स्टक कारोबार कार्यालय स्थापित गरिएको थियो। दश वर्षको छोटो अवधिमा चीनको शेयर बजारलाई ठूलो र नियमबद्ध बनाइसकिएको छ। यस्तो कार्य पूरा हुनका लागि विश्वका धेरै मुलुकहरुले कैयौं दशक लगाउनु परेको देखिन्छ। चीनको स्टक बजारमा हाल चालिस खरव चिनियाँ युआन प्रवाहित भएको छ र एक हजार दुइ सय भन्दा बढी स्टक बजारमा पूँजी लगाएका मानिसहरुको संख्या सात करोड जति छ।

       सन् 1998मा चीनमा स्टक सम्बन्धी निगरानी समितिको स्थापना गरिएको थियो। त्यस समितिले देशभरिका स्टक बजार र भावी प्राप्ति वा भुक्तानीका लागि वस्तुको परिक्लपिक क्रय विक्रयको मुख्य निकायको हैसियतमा देशभरिमा स्टक र भावी प्राप्ति वा भुक्तानीका लागि वस्तुको परिक्लपिक क्रय विक्रयको संचालन गर्नका लागि एकिकृत निगरानी प्रणालीको स्थापना गरेको थियो। उक्त समितिले यस प्रणाली बमोजिम स्टक र भावी मूल्य वा भुक्तानीका लागि वस्तुको अनुमानित क्रय-बिक्रय गर्ने कम्पनीको निगरानी र निरीक्षण प्रत्यक्ष रुपमा गर्छ जसबाट स्टक र भावी मूल्य वा भुक्तानीका लागि वस्तुको अनुमानित क्रय-विक्रयको निगरानीलाई सबल पार्नसकियोस, स्टक र भावी मूल्य वा भुक्तानीका लागि वस्तुको अनुमानित क्रय-विक्रय गर्ने कार्यालय, शेयर कम्पनी, स्टक र भावी मूल्य वा भुक्तानीका लागि वस्तुको अनुमानित क्रय-विक्रय गर्ने संस्था, शेयरमाथि रकम थप्ने कोष सञ्चालित गर्ने कम्पनी, स्टक र भावी मूल्य वा भुक्तानीका लागि वस्तुको अनुमानित क्रय-विक्रयमा पूंजी लगाउने दिशामा परामर्श दिने संस्था र स्टक र भावी प्राप्ति वा भुक्तानीका लागि वस्तुको अनुमानित क्रय-विक्रय गर्ने काममा सेवा गर्ने अन्य संस्थाको निगरानी र सञ्चालनलाई बलियो तुल्याउनु सकियोस। साथै स्टक र भावी मूल्य वा भुक्तानीका लागि वस्तुको अनुमानित क्रय-विक्रय सम्बन्धी सूचनाको गुणस्तर उकास्नु पर्छ। चिनियाँहरुका लागि शेयर वजार पूंजी लगानी गर्ने सबैभन्दा महत्वपूर्ण क्षेत्रहरुकध्ये एक बनिसकेको छ। शाङ्गहाई र शनचन्को व्यापार कार्यालय हाल चीनको सबैभन्दा ठूलो शेयर बजार बनिसकेका छन्। मानिसहरुले चीनभरि फैलिएका स्टक कारोबार कार्यालय र वेभ-साइट मार्फत स्टोकको क्रय-विक्रय गर्न पाउँछ। वेव साइड व्यवस्थाको प्रविधि विश्वको उन्नत स्तरसम्म पुगेको छ। सन् 2003को अन्त्यमा वजारमा रजिष्टर भएका कम्पनिमा चिनियाँ युआन र अमेरिकी डलरमा रहेको शेयरको संख्या 2002को अन्त्यको 1 हजार 2 सय 24 वटाबाट 1 हजार 2 सय 87 वटा पुगेको थियो। पूरा शेयरको रकम 42 खरव 57 अरव 80 करोड पुगेको देखिन्छ। 2003को अन्तयसम्म चिनियाँ युआन र अमेरिकी डलरमा शेयरको क्रय-विक्रय गर्ने कम्पनिको संख्या गत वर्षको 1224 बाट 1287 सम्म वृद्धि भएको थियो र यो संख्या गत वर्षको तुलनामा 11 प्रतिशतले बढी हो।