बिमा, बिमाको निगरानी र संचालन

CRI


       चीनको बिमा उद्योग 20 वर्ष जति अवधिमा बंद भए पछि सन् 1980 देखि फेरि संचालन गरिएको थियो। सन् 1981देखि चिनियाँ जन-बिमा कम्पनी चीन सरकारको एउटा विभागको रुपमा एक किसिमको व्यावसायिक कम्पनीका रुपमा स्थापित गरिएको थियो। सन् 1988मा विशेष गरी समुद्र तटवर्ती क्षेत्रमा आप्नो गतिविधि सञ्चालन गरेको चीनको फिङ्ग आन बिमा कम्पनी र थाइ फिङ्ग याङ्ग बिमा कम्पनी स्थापित गरिएको थियो। सन् 1996मा चिनियाँ जन-बिमा कम्पनी व्यवस्थापन प्रणालीको सट्टामा आधुनिक उद्योग-धन्धा व्यवस्थाको स्थापनाका माध्यमबाट अन्तर्राष्ट्रिय बजारसँग मिलाउने दिशातिर ठूलो पाइला चालिएको देखियो। सन् 1985 मा “बिमा ऐन ”को प्रकाशन र सन् 1988 मा चिनियाँ बिमा निगरानी आयोगको स्थापना गरिएकोबाट बिमा बजारको कार्यलाई कानूनी आधार उपलव्ध गराइएको छ।

       हाल चीनमा बिमा कम्पनी, बिमा-माध्यम संगठन र बिमा सम्बन्धी एजेन्सीको संख्या जम्मा 70 हजार छ। बिमाको किसिम पनि विविध छ। जस्तो जीवन बिमा, स्वास्थ्य बिमा, दुर्घटना बिमा र सम्पत्ति बिमा आदि आदि। हालसम्म विश्वका 30 भन्दा बढी विदेशी बिमा कम्पनीले चीनमा आफ्नो कारोबार सञ्चालन गरिरहेका छन्। यी बाहेक चीनमा एक सय भन्दा बढी विदेशी बिमा कम्पनीका दुइ सय भन्दा बढी प्रतिनिधि-कार्यालयले चीनको बिमा बजारमा प्रवेश पाउनका लागि अनुमति पर्खिरहेका छन्। सन् 2003 मा स्वदेशी तथा विदेशी पूंजीबाट सञ्चालित बिमा कम्पनीले बिमामार्फत प्राप्त गरेको आम्दानी 3 खरव 88 अरव चिनियाँ युआन पुगेको थियो र यो परिमाणमा सन् 2002 को तुलनामा 27. 1 प्रतिशतले वृद्धि भएको देखिएको छ।