चिनियाँ युआन(आर.एम.बि.)र विदेशी मुद्राको व्यवस्थापन



       चीनको मुद्राको नाम चिनियाँ युआन (आर.एम.बी.) हो। यसको प्रकाशन र नियन्त्रण चिनियाँ जन-बैंकद्बारा एकिकृत रुपमा गर्नेगरिएको छ। चिनियाँ युआनको विनिमय दर निर्धारण गर्ने अधिकार राष्ट्रिय वैदेशिक मुद्रा व्यवस्थापन विभागमा निहित छ।

       सन् 1994 मा चीनमा विदेशी मुद्राको विनिमय प्रणालीमा सुधार ल्याउन थालिएको छ। त्यसपछि सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सरकारी बैँकलाई बेच्नुपर्ने नियम पनि बनाइएको थियो। यसका आधारमा सन् 1996देखि विदेशी व्यापारीले पूंजी लगानी गरेको व्यवसायले विदेशी मुद्राको खरीद-विक्री पनि चिनियाँ बैंकमार्फत नै गर्नुपर्ने नियम बनाएको थियो। सन् 1996 को डिसेमवर 1 तारिखका दिन चीनले औपचारिक रुपमा अन्तर्राष्ट्रिय मुद्रा कोषको सम्झौताको आठौं बुँदालाई स्वीकार गरेको थियो। त्यसको फलस्वरुप चीनमा अन्तर्राष्ट्रिय मुद्रा कोषले निर्धारित गरेको समयभन्दा अघि नै चिनियाँ युआन र अन्य विदेशी मुद्रा बीच विनीमय-प्रणाली खडा गरिएको छ। साथै चीन आशियान र चीन, जापान र गणतन्त्र कोरिया (10+3) बीच द्बिपक्षीय मुद्राको आपसी विनिमय व्यवस्थामा सक्रियताका साथ सहभागी भएको छ र उक्त व्यवस्थालाई निरन्तरता दिएको छ। खासगरी एशियाको मौद्रिक संकट-अवधिमा चीनले रन. मिन. बी.को अवमूल्यन नगर्ने अठोट लिएको मात्र नभई मौद्रिक संकटमा परेका देशलाई पूंजीगत सहायता पनि उपलव्ध गराएको छ। यसपछि एशियाको मौद्रिक बजारको संरक्षण गर्ने दिशामा चीन एक महत्वपूर्ण खम्वा बनिसकेको छ।

       सन् 2003 को अन्त्यसम्म चीनको विदेशी मुद्राको सञ्चय परिमाण 40 खरब 3 अरब 30 करोड अमेरिकी डलर पुगेको थियो। यो परिमाण सन् 2002 को तुलनामा 11 खरव 6 अरव 80 करोड अमेरिकी डलरले बढी हो। चिनियाँ युआनको विनिमय दरलाई आधारभूत रुपमा स्थिर राखिएको छ।