सामाजिक प्रत्याभूति

CRI

बद्धकालका लागि जीवन बिमा

        केही वर्षदेखि यता चीनमा वृद्धकालका लागि आधारभूत जीवन बिमाको क्षेत्र निरन्तर रुपमा विस्तृत हुदैगएको छ। परिणामस्वरुप, पहिले मुख्यतः सरकारी स्वामित्वयुक्त व्यवसाय, सामुदायिक व्यवसायबाट विस्तारित हुदैआएर अहिले विभिन्न किसिमका व्यवसाय तथा व्यवसायीकरणका रुपमा सञ्चालन हुने संघ-संस्था तथा एकाइहरुमा विकसित भएको छ। यसले गर्दा गैर-सरकारी स्वामित्वयुक्त व्यवसायका कामदारहरुको हक अधिकार र हितलाई पनि प्रत्याभूति दिइएको छ। सन् 2002को अन्त्यसम्म सारा चीनमा एघार करोड बाह्र लाख नब्बे हजार कामदार र तीन करोड साठी लाख असी हजार सेवा-निवृत्त मानिसहरुले वृद्धकालका लागि आधारभूत जीवन बिमामा गरेका छन्। सन् 2003को अन्त्यसम्म सारा चीनमा वृद्धकालका लागि आधारभूत जीवन बिमामा सहभागी भएका मानिसहरुको संख्या पन्ध्र करोड उनन्पचास लाख पुगिसकेको छ र सन् 2002को तुलनामा यो संख्या पचहत्तर लाख तीस हजारले बढेको वताइएको छ । तीमध्ये जीवन बिमा गराएका कामदारहरुको संख्या एघार करोड त्रिसठ्ठी लाख असी हजार पुगेको छ भने त्यस्ता सेवा-निवृत्ति मानिसहरुको संख्या तीन करोड पचासी लाख बीस हजार पुगेको छ।

         स्वास्थ्य उपचार सम्बन्धी जीवन बिमा
स्वास्थ्य उपचार सम्बन्धी आधारभूत जीवन बिमा शहर र बस्तीका विभिन्न किसिमका व्ववसाय, सं-संस्था र एकाइहरुमा व्याप्त भएको छ। हालसम्म यो चीनमा सबैभन्दा ठूलो परिधिमा व्याप्त सामाजिक प्रत्याभूतियुक्त व्यवस्था मध्येको एक बनेको छ। सन् 2002मा चीनको स्वास्थ्य उपचार, आरोग्यता संरक्षण, रोग निवारण आदि स्वास्थ्य निकायहरुको संख्या दुइ लाख नब्बे हजार पुगिसकेको छ । अस्पतालहरुमा शैयाको संख्या बत्तीस लाख दश हजार पुगिसकेको छ। स्वास्थ्यकर्मी र सम्बन्धित प्राविधिज्ञहरुको संख्या चवालिस लाख चालिस हजार पुगिसकेको छ। पैचिंग, शान्हाई, थिआन चिंग, छुंग छिंग आदि महा-नगरहरुमा ट्युमर र क्यान्सर, हृदय रोग तथा रक्त नली सम्बन्धी रोग, नेत्र, दन्त, परम्परागत चिनियाँ वैद्य र जडी-बुटी तथा सरुवा रोग आदि विभिन्न विशेष विषयक अस्पताल तथा धेरै बहुमुखी अस्पताल स्थापना गरिएका छन्। विभिन्न प्रान्त र स्वायत्त प्रदेशका मझौला शहरहरुमा आधुनिक उपकरणयुक्त बहुमुखी अस्पताल वा विशेष विषयक अस्पताल स्थापना गरिएका छन्। अहिले जिल्ला, टाउन्सिप, गाउँ गरी तीन तहमा रोग निवारण तथा स्वास्थ्योपचार सञ्जालले व्यापक ग्रामीण क्षेत्रहरुमा निश्चित जग बसालेको छ। सारा चीनमा जिल्ला स्तरका दश हजार भन्दा बढी अस्पताल छन् भने टाउन्सिप र बस्तीस्तरका क्लिनिकहरुको संख्या अठचालिस पुगिसकेको छ।

         सन् 2003को अन्त्यमा चीनमा स्वास्थ्य-बिमा गराएका मानिसहरुको संख्या एक करोड उनान्नब्बे लाख सचास हजार पुगी यस अघिको तुलनामा एक करोड उनन्पचास लाख चालिस हजारले बढौती भएको बताइएको छ। ती मध्ये कामदारहरुको संख्या सात करोड सन्तान्नब्बे लाख सत्तरी हजार रहेको छ भने सेवा-निवृत्तहरुको संख्या दुइ करोड एकान्नब्बे लाख असी हजार रहेको वताइएको छ ।

बेरोजगारी सम्बन्धी जीवन बिमा

        चीनको जनसंख्या निकै बढी भएकोले रोजगारीको चाप पनि निकै बढी छ। रोजगारीको चापको समस्यालाई खुकुलो पार्नका लागि सन् 1993देखि चीन सरकारले श्रमिक मामिला सम्बन्धी बजार नीति कार्यान्वयन गर्दै रोजगारीको बाटोलाई व्यापक पार्ने गरेको छ। अझ विशेष गरी केही वर्ष यता उद्योग व्यवसायको संरचनामा तारतम्य मिलाइएका कारण सरकारी स्वामित्वयुक्त उद्योग-व्यवसायका ज्यामीहरु बेरोजगार भएको अवस्थामाथि लक्षीत गर्दै चीन सरकारले पुनः रोजगारीको योजना लागू गरेको छ। सन् 2002को अन्तसम्म सारा चीनका शहर तथा बस्तीहरुमा रोजगारहरुको संख्या चौबीस करोड अठहत्तर लाख पुगिसकेको छ। सन् 1998 यता सरकारी स्वामित्वयुक्त उद्योग-व्यवसायका एक करोड असी लाख बेरोजगारी ज्यामीहरुले विभिन्न किसिमका उपायव्दारा पुनः काम पाएका छन्। सन् 2002को अन्त्यमा शहर र बस्तीहरुमा बेरोजगारहरुको दर चार प्रतिशत भएको उल्लेख्य गरिएको छ। विभिन्न व्ववसायमा बेरोजगार बिमाको व्यवस्था लागू भैरहेकोले श्रमिक शक्तिको उचित गति तथा श्रमिक शक्तिको एकीकृत बजारलाई सम्बर्द्धन गरिएको छ। सन् 2003को अन्त्यसम्म सारा चीनमा बेरोजगार बिमामा सहभागी भएका मानिसहरुको संख्या दश करोड सैंतीस लाख तीस हजार पुगेको छ। चीनका सम्पूर्ण शहर र जिल्लाहरुमा जीवनको निम्नतम प्रत्याभूति सम्बन्धी व्ववस्थाको स्थापना गरिएको छ र सम्पूर्ण परिवारका लागि प्रति व्यक्ति आम्दानी तत्स्थानको निम्नतम मापदण्डभन्दा अझ कम हुने बासिन्दाहरुलाई प्रारम्भिक जीवनको प्रत्याभूति उपलव्ध गराइएको छ। सन् 2003मा चीनमा शहर र बस्तीका जम्मा दुइ करोड तेइस लाख पचास हजार बासिन्दाहरुले सरकारको निम्नतम जीवन-भत्ता पाएका छन्। यसबाट शहरका गरिब मानिसहरुलाई प्रत्याभूति दिने कुरालाई व्यवहारमा उतारिएको छ।