CRI
चीनको यांग सी नदीमा पर्याप्त
जल-स्रोत छ। तीन-घाँटी परियोजना
यांग सी नदी सम्बन्धी
जल-परियोजनाको एक महत्वपूर्ण अंग
हो। तीन-घाँटी परियोजनाको मुख्य
ठाउँ यांग सी नदीको मध्य भागमा
पर्ने हु पै प्रान्तको यी छांग
शहरमा रहेको “सान तौ फिंग” भन्ने
ठाउँमा रहेको छ। त्यहाँ निकै
फराकिलो छ। सो परियोजनाले यांग सी
नदीको माथिल्लो भागका दश लाख
वर्गकिलोमिटर क्षेत्रफललाई
प्रभावित पार्नसक्छ।
तीन-घाँटी परियोजनाले
“राम्रोसँग विकास र स्थापना
गर्ने, विभिन्न समयमा जल-सञ्चय
गर्ने र स्थानीय बासिन्दालाई
निरन्तर रुपमा अन्यत्र सार्ने”
काम प्रभावकारी रुपमा गरेको छ।
त्यस परियोजनाको बाँधको कूल
लम्बाई 3035 मिटर छ, सामान्य
रुपमा जलाशयमा जलस्तर175 मिटर
रहेको र बाँधको कूल जल-सञ्चय
क्षमता 393 क्युबीक मिटर रहेको
छ।
तीन-घाँटी परियोजनाको पूर्ण निर्माण भएपछि
यसले बाढीको प्रतिरोध गर्ने,
विजुली निकाल्ने, जल यातायात
शुरु गर्ने, मत्स्य, पर्यटन,
पर्यावरणीय संरक्षण, वातावरणमा
सुधार, दक्षिणी भागको पानीलाई
उत्तरी भागतर्फ लैजाने र सिंचाई
आदिकफ भूमिका निर्वाह गर्नसक्ने
छ।
|