पश्चिमी भेगको बिजुली पूर्वतिर पठाउने परियोजना
CRI


           पश्चिमी भेगको बिजुली पूर्वतिर पठाउने परियोजना चीनले पश्चिमी भेगको प्रचूर विद्युत शक्ति आर्थिक दृष्टिले विकसित मानिने पूर्वतिरका केही क्षेत्रमा पठाउनका लागि निर्माण गरिरहेको एक विद्युत आयोजन हो। यसको कारण के हो भने चीनमा बिजुली निकाल्ने उर्जा श्रोत मुख्यतः पश्चिमी भेग र उत्तरी भेगमा निहित केन्द्रित छ, तर विद्युत शक्तिको वास्तविक खपत भने खासगरी पैचिङ-क्वाङ चौ रेललाइनका वरिपरि तथा यसभन्दा पूर्वतिरको आर्थिक विकसित क्षेत्रमा हुनेगरेको छ।

          यस परियोजनाको मूलभूत संरचना अन्तर्गत "उत्तर, मध्यम र दक्षिण" गरी विजुली पठाउने तीनवटा मुख्य लाइन बनाइने कार्यक्रम ।

         उत्तर लाइनमा उत्तर-पूर्वी, उत्तर चीन, शान-तुङ तथा उत्तर-पश्चिमी क्षेत्रलाई समेट्ने विद्युत सञ्जाल समेटिएका छन् जसको अर्थ खास गरी उत्तर-पश्चिमी भेगमा जल-विद्युतको धुमधाम विकास गरी त्यसलाई पैचिङ, थेन चिङ, ह पै तथा शान-तुङको विद्युत सञ्जालमा पुर्‍याउनु हो।

         मध्य लाइनमा पूर्वी चीन, मध्य चीन, सछ्वान-छोङ छिन तथा फु चेनको विद्युत सञ्जाल समावेश गरिएका छन् जसको मतलब याङत्सी नदीमा निर्मित जल-विद्युत केन्द्रबाट बिजुली निकालेर मध्य चीन, पूर्वी चीन तथा फु चेन क्षेत्रमा पुर्‍याउनु हो। यस परियोजना अन्तर्गत रहेको सबैभन्दा ठूलो क्षेत्र मानिएकोले सम्पूर्ण चीनको विद्युत सञ्जाललाई एकै सूत्रमा बाँध्ने भावी कार्यका लागि पनि यसको ठूलो प्रभाव रहनेछ।

        त्यसै गरी, दक्षिण लाइनको निर्माण योजना अनुसार क्वै-चौको वु च्याङ र युनानको लान-छाङ च्याङ तथा होङ-श्वै जस्ता नदीमा बनाइने जल विद्युत केन्द्र र युनान तथा क्वै चौ यी दुइ प्रान्तमा पाइने इन्धन शक्तिद्बारा सञ्चालित विद्युत केन्द्रबाट बिजुली निकालेर क्वाङ तुङ क्षेत्रमा प्रेषित गरिनेछ।

       चीनको "पश्चिमी भेगको बिजुली पूर्वतिर पठाउने परियोजना" एक महान कार्य-योजना हो र यो चीन सरकारद्बारा प्रस्तुत पश्चिमी भेगको ठूलो विकास सम्बन्धी रणनीतिको एक महत्वपूर्ण र अभिन्न अंग पनि हो। यसले पश्चिमी भेगमा पाइने प्रशस्त श्रोत-साधन तथा पूर्वी भेगको विशाल बजारलाई आबद्ध गरेर पक्कै पनि चीनको बिजुली उद्योग र राष्ट्रिय अर्थतन्त्रको ठूलो तथा दिगो विकासमा अमूल्य सहयोग पुर्‍याउने छ