उत्तर-पूर्वी चीनमा पर्ने पूरानो औद्योगिक अखडाको सम्बर्द्धन

CRI


       चीनको उत्तर-पूर्वी भागमा पर्ने पूरानो औद्योगिक अखडा चीनको अर्थतन्त्र तथा सामाजिक विकासका लागि महत्वपूर्ण छ। योजनाबद्ध अर्थतन्त्र कालमा तुङ्ग पैमा मेशिन उत्पादन व्यवसाय, इस्पात-फलाम व्यवसाय आदि ठूला उद्योग-व्यवसायहरुले चीनको आर्थिक निर्माणमा ठूलो योगदान प्रदान गरेका थिए। तर ती पूराना औद्योगिक अखडाहरुमध्ये केही व्यवसायहरु पछि गएर हालको बजारमा प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा परे। ती व्यवसायहरुको सट्टामा केही नयाँ व्यवसाय पनि विकसित भइसकेका छैनन। ती समस्याहरुको समाधान गर्न तुङ्ग पै आदि पूराना औद्योगिक अखडाहरुको सुधार गरी ती अखडाहरुको पुनरुउत्थानलाई तिव्र पार्ने निर्णय चीन सरकारले गरेको छ।


       चीनका प्रधानमन्त्री वन च्या पाऊको भनाइ अनुसार, उत्तर-पूर्वी चीनमा पर्ने ती पूराना औद्योगिक अखडाहरुको पुनरुत्थानपछि रणनैतिक दृष्टिकोणबाट हेर्दा आर्थिक बनौटलाई सुदृढ पारिने छ। यसमध्ये व्यवसायको बनौट, स्वामित्वयुक्त बनौट तथा सरकारी स्वामित्वयुक्त अर्थतन्त्रको बनौटमा समन्वय गर्ने विषय समावेश छन्। ती पूराना औद्योगिक अखडाको पुनर्स्थापनाको मुख्य कार्य हो। यसका साथै उद्यम-व्यवसायहरुमा प्राविधिक सुधारलाई मजबूत पार्नुपर्छ। यो ती पूराना औद्योगिक अखडाहरुको पुनर्स्थापनाको महत्वपूर्ण उपाय हो। ती क्षेत्रको चौतर्फी, निरन्तर विकासलाई साकार तुल्याउन कोशिश गर्नुपर्छ। यो ती पूराना औद्योगिक अखडाहरुको दीर्धकालीन विकासको योजना हो। रोजकारी तथा सामाजिक प्रत्याभूति प्रणालीको सकारात्मक स्थापना गर्नुपर्छ। यो ती पूराना औद्योगिक अखडाहरुको पुनर्स्थापनाका लागि महत्वपूर्ण प्रत्याभूति हो। विज्ञान तथा प्रविधि सम्बन्धी शैक्षिक महाकार्यको विकासलाई तिव्र पार्नुपर्छ। यो ती पूराना औद्योगिक अखडाहरुको पुनर्स्थापनाका लागि महत्वपूर्ण शर्त हो।

       हाल चीन सरकारले उत्तर-पूर्वी चीनमा पर्ने पूराना औद्योगिक अखडाहरुको सुधार गर्ने योजना तर्जुमा गरिरहेको छ। उत्तर-पूर्वी चीनका तीनटा प्रान्तले पनि आ-आफ्नो क्षेत्रको अध्ययन गरी ती क्षेत्रहरुको सुधार गर्ने योजना बनाइरहेका छन्।