चीन-अमेरिका सम्बन्ध

CRI

   

        सन् 1972 को फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति निक्सनले चीनको भ्रमण गर्नुभयो। दुबै पक्षले चीन-अमेरिका संयुक्त विज्ञप्ति अर्थात शांगहाई विज्ञप्ति प्रकाशित गरेका थिए। जसबाट चीन र अमेरिकाले एकले अर्कालाई एक्लो पार्ने स्थितिको अन्त्य भएको छ। सन् 1978को डिसेम्बर 16 तारिखका दिन चीन र अमेरिकाले जन-गणतन्त्र चीन र अमेरिका बीच दौत्य सम्बन्धको स्थापना सम्बन्धी संयुक्त विज्ञप्ति सार्वजनिक गरेका थिए। सन् 1979 को जनवरी 1 तारिख, चीन र अमेरिका बीच राजदूतहरुको आदान-प्रदान भएको थियो। सन् 1982 को अगष्ट 17 तारिख, चीन र अमेरिकाले 817 विज्ञप्ति प्रकाशित गरेका थिए, यसले अमेरिकाले थाइवानलाई अस्त्र बेच्ने सम्बन्धमा श्रृंखलाबद्ध नियम बनाएको थियो।

         सन् 1984 को जनवरीमा, चीनका प्रधानमन्त्रीले अमेरिकाको भ्रमण गर्नुभएको थियो। सोही वर्षको अप्रिल महिनामा, अमेरिकी राष्ट्रपति रेगनले चीनको भ्रमण गर्नुभयो। सन् 1985 को जुलाइमा चीनका राष्ट्राध्यक्ष लि श्येन न्येनले अमेरिकाको भ्रमण गर्नुभयो। चीनका राष्ट्राध्यक्षले अमेरिकाको भ्रमण गर्नुभएको त्यो पहिलो पटक थियो।

         सन् 1998 जनवरी, अमेरिकी राष्ट्रिय रक्षामन्त्री विल्यन कअनले चीनको भ्रमण गर्नुभयो। दुबै पक्षले समुद्रमा सैनिक सुरक्षा सम्बन्धी नियमलाई सबल पार्ने सम्बन्धमा चीन र अमेरिकाको राष्ट्रिय रक्षा मन्त्रालय बीचको सन्धिमा हस्ताक्षर गरेका थिए। सोही वर्षको मेइ 25 तारिखका दिन चीनका राष्ट्राध्यक्ष च्यांग च मिनले अमेरिकी राष्ट्रपति क्लिनटनसँग दुइ मुलुकका राष्ट्रनायक बीचको प्रत्यक्ष टेलिफोन लाइनमार्फत कुराकानी गरी दक्षिण एशियाको परिस्थिति र चीन-अमेरिका सम्बन्धका विषयमा वैचारिक आदान-प्रदान गर्नुभयो।

         सन् 1998को जून 25 तारिखदेखि जुलाइ 3 तारिखसम्म, चीनको राष्ट्राध्यक्ष च्यांग च मिनको निमन्त्रणामा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले चीनको राजकीय भ्रमण गर्नुभयो। राष्ट्राध्यक्ष च्यांग च मिन र राष्ट्रपति क्लिन्टनले आपसी हितका विषयमा वार्ता गर्नुभयो। चीन र अमेरिका बीच महत्वपूर्ण अन्तर्राष्ट्रिय मामिलामा आपसी वार्ता र सहयोगलाई सबल पारी 21औं शताब्दितर्फ उन्मुख चीन-अमेरिका रचनात्मक रणनैतिक साझेदारी सम्बन्धको स्थापनाको उद्देश्यलाई साकार तुल्याउनका लागि संयुक्त प्रयास गर्न दुबै पक्षले स्वीकार गरेका थिए। दुबै‍ पक्षले आफ्ना नियन्त्रणमा रहेका आणविक अस्त्रको प्रयोग एक-अर्का विरुद्ध नगर्ने निर्णय गरे। दुबै‍ पक्षले आर्थिक र मौद्रिक क्षेत्रमा आपसी रणनैतिक वार्तालाई सबल पारी विश्वको आर्थिक एवं मौद्रिक विकासलाई अघि बढाउनका लागि सकारात्मक योगदान गर्न सहमति जनाए।

         सन् 1999 जनवरी 1 तारिखका दिन, चीनका राष्ट्राध्यक्ष च्यांग च मिन र अमेरिकी राष्ट्रपति क्लिन्टनले चीन-अमेरिका सम्बन्धको स्थापना भएको 20 औं वार्षिकोत्सवका उपलक्ष्यमा एक-अर्कालाई वधाइ सन्देश पठाउनुभयो। सोही वर्षको अप्रिल 6 तारिखदेखि 14 तारिखसम्म चीनका प्रधानमन्त्री चु रुंग चीले अमेरिकाको भ्रमण गर्नुभयो। वितेका 15 वर्षदेखि यता चीनका प्रधानमन्त्रीले अमेरिकाको भ्रमण गर्नुभएको त्यो पहिलो पटक थियो।

        सन् 1999 मेइ 8 तारिखका दिन, पैचिंग समय अनुसार विहान पौने 6 बजे, अमेरिकाको नेतृत्वमा रहेको उत्तर एटलाण्टिक सन्धि संगठन— नेटोले 5 वटा क्षेप्यास्त्रले विभिन्न कोणबाट युगोस्लाभियास्थित चीनको राजदूताबासमाथि प्रहार गरेको थियो। जसबाट चीनका तीन जना पत्रकार मारिनुका साथै राजदूताबासका 20 जना भन्दा बढी कर्मचारी घाइते भएका थिए। राजदूताबास पनि गम्भिर रुपमा क्षतिग्रस्त भएको थियो। चिनियाँ जनताले अमेरिकाको यस निकृष्ट कदमप्रति क्रोध व्यक्त गरेका थिए। यसबाट चीन-अमेरिका सम्बन्धमा केही नकारात्मक असर परेको थियो।

        सन् 1999 सेप्टेम्बर 11 तारिखका दिन, न्यूजिल्याण्डमा आयोजित एशिया-प्रशान्त आर्थिक सहयोग संगठनका नेतागण बीचको अनौपचारिक सम्मेलन अवधिमा चीनका राष्ट्राध्यक्ष च्यां च मिनले अमेरिकी राष्ट्रपति क्लिन्टनसँग वार्ता गर्नुभयो। दुबै पक्षले वार्ता हितकारी भएको कुरा जनाएका थिए।

       सन् 2000 मा चीन र अमेरिका बीच विभिन्न क्षेत्रमा रहेको उच्च स्तरीय आवत-जावत र सहयोगमा वृद्धि भएको थियो। सोही वर्षको डिसेम्बर 15 तारिखका दिन, अमेरिकी कांग्रेसले समष्टिगत रुपमा रकम छुट्टाउने कानून पारित गरेको थियो। त्यसले युगोस्लाभिलास्थित चीनको राजदूताबासमाथि अमेरिकाले गरेको प्रहारबाट भएको नोक्सानीका लागि क्षतिपूर्ति दिन 2 करोड 80 लाख अमेरिकी डलरको बन्दोबस्त मिलाएको थियो।

       सन् 2001को अप्रिल 1 तारिख दिउँसो, अमेरिकाको एउटा इ.पि तीन खालको जासुसी विमान चीनको हाइ नान टापूबाट 104 किलोमिटर दक्षिण-पूर्वको समुद्री क्षेत्रमा चीनका बारेमा जासुसी गरिरहेको अवस्थामा त्यसको पिछा गरिरहेको चीनको एउटा सैनिक विमानलाई ठोकेका थियो। जसबाट त्यस सैनिक विमानका चालक वांग वैको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाको सो विमानले फुत्कन नपाएको अवस्थामा चीनको हवाइ क्षेत्रमा प्रवेश गरी हाई नान टापूको लिंग स्वी सैनिक विमान स्थलमा ओर्लेको थियो। अप्रिल 11 तारिख, अमेरिकी सरकारका प्रतिनिधि, चीनस्थित अमेरिकी राजदूत पोलिहद्वारा प्रस्तुत क्षमायाचना पत्र चीनका परराष्ट्र मन्त्री थांग च्या श्येनले ग्रहण गर्नुभयो।

       सन् 2001 को सेप्टेम्बर 11 तारिखका दिन, अमेरिकाका न्युयोर्क र वाशिंटन शहरका विभिन्न लक्ष्य आतंकवादी प्रहारमा परेका थिए। जसबाट धेरैजना मानिस हताहत हुनुका साथै गम्भिर नोक्सानी भएको थियो। अक्टोबर 19 तारिखका दिन, राष्ट्राध्यक्ष च्यांग च मिनले शांहाईमा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशसँग भेट-वार्ता गर्नुभयो। दुबै पक्षले चीन-अमेरिका सम्बन्ध, आतंकवादको विरोध लगायतका महत्वपूर्ण विषयबारे गहन रुपमा विचार-विमर्श गर्नुका साथै महत्वपूर्ण विषयमा मतैक्य प्राप्त गर्नुभयो। दुबै पक्ष बीच चीन-अमेरिका रचनात्मक सहयोगी सम्बन्धको स्थापना गर्न संयुक्त प्रयास गर्न सहमति भएको थियो, त्यस अवसरमा।

      सन् 2002 मा चीन-अमेरिका सम्बन्धमा केही नराम्रो असर परे तापनि समष्टिगत रुपमा सुधार र विकासको प्रवृति कायम रहेको थियो। फ्रेब्रुअरी 21 तारिखदेखि 22 तारिखसम्म चीनका राष्ट्राध्यक्ष च्यांग च मिनको निमन्त्रणामा अमेरिकी राष्ट्रपति बुशले चीनको राजकीय भ्रमण गर्नुभयो। दुइ देशका राष्ट्रनायकले फेरि वार्ता गरी गहन रुपमा द्वीपक्षीय सम्बन्ध र वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति बारे छलफल गर्नुभयो। दुबै पक्षले चीन र अमेरिका बीचको वार्ता र सहयोगलाई मजबुत पारी पारस्परिक मतभेदको उचित समाधान गरी चीन-अमेरिका रचनात्मक सहयोगात्मक सम्बन्धलाई अघि बढाउन स्वीकार गरेका थिए। अमेरिकी राष्ट्रपति बुशको निमन्त्रणामा अक्टोबर महिनामा मेक्सिकोमा आयोजित एशिया-प्रशान्त आर्थिक एवम् व्यापारिक सहयोग सम्मेलनमा सहभागी हुनुअघि राष्ट्राध्यक्ष च्यांग च मिनले अमेरिकाको भ्रमण गर्नुभएको थियो। श्री च्यांग च मिनले थाइवान समस्याको उचित समाधानको महत्वमाथि श्री बुशलाई स्पष्ट पार्नुभयो। प्रत्युतरमा, श्री बुशले अमेरिकाले एक मात्र चीनको नीतिको अवलम्बन गरी चीन र अमेरिका बीच सम्पन्न तीनवटा संयुक्त विज्ञप्तिको पालना गरेको छ भन्दै अमेरिकी सरकारले यसको अवलम्बन लामो समयदेखि गर्दैआएको छ र यसमा परिवर्तन हुने छैन भन्नुभयो।