चीन र रुस बीचको सम्बन्ध

CRI


   सन् 1949 को अक्टोबर दुइ तारिखका दिन, चीन र सोभियत संघ बीच दौत्य सम्बन्ध स्थापना गरिएको थियो। सन् 1991 को अगष्ट महिनामा सोभियत संघ विखण्डित भएपछि डिसेम्बर महिनाको 27 तारिखका दिन चीन र रुस बीचको वार्ताको महत्वपूर्ण कार्य-सूचीमा हस्ताक्षर गरिएपछि चीन र सोभियत संघ बीचको कूटनैतिक सम्बन्धको समाधान गरिएको थियो। सन् 2001 मा चीन र रुस बीचको रणनैतिक साझेदारी सम्बन्ध नयाँ स्तरमा पुगेको थियो। त्यति बेलादेखि दुबै पक्ष बीच आपसी राजनैतिक समझदारी गहिरिंदैआएको छ र उच्च तहको सम्पर्क पनि घनिष्ठ हुदैआएको छ। चीनका भूतपूर्व राष्ट्राध्यक्ष च्यांग च मिन र रुसका राष्ट्रपति पुटिन बीच एक वर्षभित्र तीन पटक भेट-वार्ता भएको थियो र ६ पटक टेलिफोन वार्ता भएको थियो। दुबै देशका नेतागणद्बारा सन् 2001 मा हस्ताक्षरित दुइ देश बीच असल छिमेकीपनमा आधारित मैत्रीपूर्ण सहयोग सन्धि र प्रकाशित संयुक्त वक्तव्यरुद्बारा दुइ देश र दुइ देशका जनताहरु बीच युगौं युगदेखि रहिआएको मैत्रीपूर्ण र शान्तिपूर्ण सम्बन्धलाई कानूनी तरिकामार्फत निश्चित पारिएको छ।

          सन् 2003 को मे 26 देखि 28 तारिख सम्म चीनका राष्ट्राध्यक्ष हु चिन थाऊले रुसको राजकीय भ्रमण गर्नुभएको थियो।

          यताका केही वर्षमा द्बिपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध र आर्थिक तथा प्राविधिक सहयोग दिनप्रति दिन घनिष्ट हुदैआएको छ। सांस्कृतिक, वैज्ञानिक, प्राविधिक र शैक्षिक आदि क्षेत्रमा दुइ देश बीचको सहयोग तथा आदान-प्रदान पनि झन्-झन् घनिष्ट हुदैआएको छ। चीनको नाचगान मण्डली, सिंग च्यांग युगुर जातिको नाचगान मण्डली, चिनियाँ लेखकको प्रतिनिधि-मण्डल, पैचिंग “मै लान फांग” ‌ओपेरा टोली र रुसको नाचगान मण्डली, क्लिमुलिन व्याले मण्डली, मस्को परम्परागत व्याले टोली, सेन्टपिटर्सबर्ग विण्ड व्याण्ड मण्डल र मस्को राष्ट्रिय सिम्फोनी टोली लगायत दुइ देशका सांस्कृतिक मण्डलीहरु बीच पारस्परिक आदान-प्रदान हुदैआएको छ।

          चीन र रुस बीच सीमा जोडिएको क्षेत्रको कूल लम्बाई 4,370 किलोमिटर छ। दुइ देश बीच इतिहासबाट छोडिएका सिमावर्ती सम्बन्धी विषयहरु मौजुद छ। दुबै पक्षले दुइ देश बीच सीमा क्षेत्रसम्बन्धी सन्धिको आधारमा अन्तर्राष्ट्रिय कानून वमोजिम समान रुपमा सम्झौता गर्ने भावना लिएर धेरै वर्षको सम्झौतामार्फत सीमा सम्बन्धी झण्डै 97 प्रतिशत विषयलाई निश्चित पारेका थिए। दुबै पक्षले हाल सीमा क्षेत्र सम्बन्धी बाँकी सबै समस्याको पूर्ण समाधानमा लागि प्रयास गरिरहेका छन्।