आशियान र चीन

CRI


  सन् 1961 को जूलाइ 31 तारिखका दिन दक्षिण-पूर्वी एशियाली राष्ट्रहरुको संघको स्थापना गरियो। त्यसपछि सन् 1967 को अगष्ट महिनामा इन्डोनेशिया, थाइल्याण्ड, सिंगापूर, फिलिपिन्स र मलेशिया यी पाँचवटा मुलुकले बैंककमा आयोजित सम्मेलनमा “बैंकक घोषणा-पत्र” जारी गरी, औपचारिक रुपमा, दक्षिण-पूर्वी एशियाली राष्ट्रहरुको संघ— आशियानको स्थापना गर्ने घोषणा गरे। त्यसपछि मलेशिया, थाइल्याण्ड र फिलिपिन्स यी तीनवटा मुलुकले क्वालालम्पुरमा मन्त्रीस्तरीय सम्मेलनको आयोजना गरी यस अघिका दुबै संगठनहरुलाई मिलाएर दक्षिण-पूर्वी एशियाली राष्ट्रहरुको संगठन— आशियान बनाउने निर्णय गरेका थिए।

  आशियानको उद्देश्य:

  समान र साझा सहयोगको माध्यमद्बारा यस क्षेत्रको आर्थिक विकास, सामाजिक प्रगति र सांस्कृतिक विकासलाई प्रबर्द्धन गर्नु,

        न्याय, देशका सम्बन्धित कानून र संयुक्त राष्ट्र संघको वडापत्र वमोजिम यस क्षेत्रको शान्ति र स्थिरतालाई प्रबर्द्धन गर्नु,

        आर्थिक, सामाजिक, सांस्कृतिक, प्राविधिक र वैज्ञानिक लगायतका क्षेत्रमा सहयोग र समर्थनलाई सशक्त पार्नु,

        शिक्षा, पेशा, प्रविधि र अनुसन्धानका सामग्रीका सम्बन्धमा एकले अर्काको समर्थन गर्नु,

        कृषि र उद्योगको विस्तृत प्रयोग गर्ने, व्यापार बढाउने, ढुवानी व्यवस्थालाई पूर्णता दिलाउने र जनताको जीवन स्तरमा सुधार गर्ने विषयमा अझ प्रभागकारी सहयोग बढाउने,

        दक्षिण-पूर्वी एशियाली क्षेत्रका समस्याबारेको अध्ययनलाई सबल पार्ने, र

        साझा उद्देश्य र लक्ष्य रहेका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठनहरुसँग घनिष्ठ र पारस्परिक हितयुक्त सहयोगलाई कायम राख्नुका साथै तिनीहरुसँग अझै‍ घनिष्ठ सहयोगको बाटो पत्ता लगाउने आदि ।

  आशियाका सदस्य:

  आशियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेशिया, लाओस, मलेशिया, म्यान्मार, फिलिपिन्स, सिंगापुर, थाइल्याण्ड र भियतनाम यी दशवटा मुलुक सदस्य रहेका छन्।
  

       चीनसंगको सम्बन्ध:

       चीनले आशियानका सबै सदस्य-मुलुकहरुसँग दौत्य सम्बन्ध स्थापना गरिसकेको छ। साथै सन् 1996 देखि आशियानका सम्पूर्ण सदस्य वा केही सदस्य-मुलुकहरु बीच आपसी सहयोगका क्षेत्रमा प्रत्येक्ष रुपमा वार्ता गर्ने परिपाटी बसालेको छ।