शाङ हाई सहययोग संगठन र चीन

CRI

    

      सन् 2001 को जून महिनामा चीन, रुस, काजाक्स्तान, किर्गिसस्तान, ताज्जिकिस्तान र उज्बेकिस्तान यी 6 मुलुकका राष्ट्रनायकहरु बीच चीनको शाङ हाई शहरमा वार्ता भई "शाङ हाई सहयोग मंचको स्थापना सम्बन्धी घोषणा-पत्र"मा हस्ताक्षार गरिएको थियो। यी 6 मुलुकका राष्ट्रनायकहरुले उक्त घोषण-पत्रमा पहिलेको शाङ्क हाई सहयोग संगठनको आधारमा एक नयाँ क्षेत्रीय बहुपक्षीय सहयोग मंच, अर्थात् शाङ हाई सहयोग मंचको स्थापना गर्ने निर्णय सार्वजनिक गर्नुभएको थियो। विभिन्न सदस्य-मुलुकहरु बीचको आपसी विश्वास र असल छिमेकीपनमा आधारित मितेरीलाई बढाउनु, विभिन्न सदस्य-मुलुकहरु बीच राजनीति, व्यापार र अर्थतन्त्र, विज्ञान र प्रविधि, शिक्षा, श्रोत-साधन, यातायात र वातावरणको सुरक्षा जस्ता क्षेत्रमा प्रभावकारी सहयोगलाई प्रोत्साहित गर्नु, संयुक्त रुपमा विश्वको संरक्षण र क्षेत्रीय शान्तिको सुनिश्चितता, सुरक्षा र स्थिरता प्रजातान्त्रिक, निष्पक्ष, उचित अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्रको नयाँ परिपाटीको स्थापनामा सहभागी हुनु यस संगठनको उद्देश्य हो। यी 6 पक्षले पैचिङ्गमा यस संगठनको सचिवालयको स्थापना गर्ने निर्णय गरेका थिए।

       उक्त संगठनको संयोजक र यस संगठनको स्थापनाका लागि सक्रियताका साथ लाग्नेहरुमध्येको एक, चीन यस संगठनको प्रारुपमा रहेका विभिन्न कार्यक्रममा सहभागी हुँदैआएको छ। यसका साथै चीनले यस संगठनको विकासका लागि धेरै रचनात्मक धारणा र सिद्धान्त पनि प्रस्तुत प्रस्तुत गरेको छ। यसरी चीनले शाङ्ग हाई सहयोग संगठनका लागि महत्वपूर्ण योगदान गरेको छ।