संयुक्त राष्ट्र संघ र चीन
CRI

    

       सन् 1945 को अप्रिल 25 तारिखका दिन, विश्वका 50 वटा मुलुकबाट गएका प्रतिनिधिहरुले अमेरिकाको सन-फ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेका थिए। सोही वर्षको जून 26 तारिखका दिन संयुक्त राष्ट्र संघको वडापत्र पारित भएको थियो। भोलि पल्ट उक्त दस्तावेजमा सही गरिसकेका चीन, फ्रान्स, सोभियत संघ, बेलायत, अमेरिका र अन्य मुलुकहरुले आ-आफ्नो अनुमति-पत्र पेश गरेपछि वडापत्र स्वत: क्रियाशील भएको थियो। सन् 1947मा संयुक्त राष्ट्र संघको अधिवेशनमा हरेक वर्षको अकटुबर 24 तारिखका दिनलाई राष्ट्र संघीय दिवसका रुपमा मनाउने निर्णय गरिएको थियो।

       संयुक्त राष्ट्र संघको उद्देश्य अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको संरक्षण गर्नु, विश्वका विभिन्न मुलुकका जनताको समान अधिकारको सम्मान गर्नु र आत्म निर्णयको अधिकारका आधारमा मैत्रिपूर्ण सम्बन्धको विकास गर्नु, अन्तर्राष्ट्रिय अर्थतन्त्र, समाज, संस्कृति र मानवतावादी तत्व जस्ता समस्याको समाधानका लागि अन्तर्राष्ट्रिय सहयोग गर्नु, समस्त मानव जातिको कानूनी अधिकार र आधारभूत स्वतन्त्रताको प्रवर्द्धन गर्नु आदि रहेको छ । सन् 2002 को सेप्टेम्वरसम्ममा संयुक्त राष्ट्र संघका सदस्य-मुलुकहरुको संख्या 1 सय 91 पुगेको छ। यसमा संयोजक-सदस्य मुलुकको संख्या 49 छ। संयुक्त राष्ट्र संघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा छ। स्वीजरल्याण्डको जेनेभा, ओस्ट्रियाको भियेना, केन्याको नाइरोवी र थाइल्याण्डको बैंककमा पनि यसका मुख्य कार्यालयहरु रहेका छन्।

       चीन एउटा विकासोन्मुख मुलुक र सुरक्षा परिषदको स्थायी सदस्य-मुलुक पनि हो। चीनले सधैं नै हरेक अन्तर्राष्ट्रिय मामिलामा न्यायोचित अडान लिंदैआएको छ। चीनले संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय मञ्चमा विशेष स्थान लिएको छ। संयुक्त राष्ट्र संघले निष्पक्ष र न्यायोचित अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्रको नयाँ परिपाटीलाई घच्घच्याउने क्रममा के कस्तो भूमिका खेल्ने भन्ने सम्बन्धमा चीनको प्रस्ताव अन्तर्राष्ट्रिय जगतमा चर्चाको विषय बनेको थियो ।

       अन्तर्राष्ट्रिय राजनीति र अर्थतन्त्रको क्षेत्रमा नयाँ परिपाटीको स्थापना गर्ने, शान्तिको संरक्षण गर्ने, विकालाई अरु अघि बढाउने र प्रभूत्ववादको विरोध गर्ने जस्ता सुरक्षा परिषदका 5 स्थायी सदस्य-मुलुकको धारणामा सामन्जस्य र सहयोग विश्व शान्ति र विकासका लागि हितकर हुनेछ।