एशिया-प्रशान्त क्षेत्रीय आर्थिक सहयोग संगठन र चीन

CRI

  
         सन् 1989को जनवरी महिनामा अस्ट्रेलियाका प्रधानमन्त्री होकले गणतन्त्र कोरियाको भ्रमण गर्नुभएको बेला “सिउल प्रस्ताव”प्रस्तुत गरेर एशिया-प्रशान्त क्षेत्रको मन्त्री स्तरीय सम्मेलनको आयोजना गर्ने प्रस्ताव गर्नुभएको थियो, जसबाट आर्थिक सहयोगलाई सुदृढ पार्ने विषय बारे छलफल गर्न सकियोस्। सम्बन्धित मुलुकसित छलफल गरेपछि अस्ट्रेलिया, अमेरिका, जापान, गणतन्त्र कोरिया, न्यूजिल्याण्ड, क्यानाडा तथा त्यसै बेलाको आशियानका छ वटा मुलुकले अस्ट्रेलिको राजधानी क्यानबरामा एशिया-प्रशान्त क्षेत्रीय आर्थिक सहयोग संगठनको प्रथम मन्त्रीस्तरीय सम्मेलनको आयोजना गरेका थिए र त्यसै बेला देखि एपेकको स्थापना औपचारिक रुपमा भएको थियो।

       सन् 1991को नभेम्वर महिनामा सिउलमा आयोजित एपेकको मन्त्री स्तरीय तेस्रो सम्मेलनमा “सिउल घोषणा-पत्र" पारित गरी औपचारिक रुपमा यस संगठनको उदेश्य र लक्ष्य निर्धारण गरिएको थियो। अर्थात यस क्षेत्रका जनताको साझा हितका लागि आर्थिक समृद्धि र विकासलाई कायमै राखिरहनु, सदस्यहरु बीचको अर्थतन्त्रमा एकले अर्कामाथि निर्भर हुने कुराको सम्बर्द्भधन गर्नु, खुला बहुपक्षीय व्यापार प्रणालीलाई सुदृढ पार्नु र क्षेत्रीय व्यापार तथा लगानीको बीचमा आइपर्ने अवरोधलाई हटाउनु यस संगठनको उदेश्य र लक्ष्य निर्धारण गरिएको थियो।
यस संगुठनमा एकाइस देश सदस्य छन् ।
चीनसितको सम्बन्धः

      चीनले सन् 1991मा एपेकमा सहभागी भएदेखि यता त्यसका विभिन्न कार्यक्रममा सक्रियताका साथ भाग लिई चीनको सुधार र खुलापनका लागि राम्रो बाह्य वातावरणको सिर्जना गर्नुका साथै चीन तथा एपेकका सम्बन्धित सदस्य बीचको द्बीपक्षीय सम्बन्धको विकासमा सबल रुपमा गतिशिलता थपेको छ। सन् 1993 देखि चीनका राष्ट्राध्यक्षले हरेक वर्षको एपेकका नेताहरुको अनौपचारिक सम्मेलनमा भाग लिनुका साथै लक्षित रुपमा चीनको धारणा र सैद्धान्तिक अडान पनि प्रस्तुत गरेर सम्मेलनको सफलताका लागि सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुभएको छ। सन् 2001मा चीनले शान्हाईमा सफलताका साथ एपेकका नेताहरुको अनौपचारिक सम्मेलनको आयोजना गरेको थियो ।