विश्व व्यापार संगठन र चीन

CRI

    सन् 1994को अप्रिल महिनामा मोरक्कोको मलाकासमा आयोजित ग्याटको मन्त्रीस्तरीय सम्मेलनमा विश्व व्यापर संगठनको स्थापना गर्ने सम्बन्धमा औपचारिक रुपमा निर्णय गरिएको थियो। सन् 1995को जनवरी एक तारिखका दिन विश्व व्यापार संगठनको स्थापना गरियो। आर्थिक तथा व्यापारिक विकासलाई बाढाउनु नै यस संगठनको उद्देश्य हो। यसबाट मानिसको जीवनस्तरलाई माथि उकास्न, प्रशस्त मात्रामा रोजगारी उपलव्ध गराउन, वास्तविक आय र प्रभावकारी आवश्यकताको वृद्धिका लागि प्रत्याभूति दिन सकिने आशा गरिएको छ। दीगो विकासको लक्ष्य अनुसार उचित रुपमा विश्वको श्रोत-साधनको उपयोग गर्नु , उत्पादित वस्तु र सेवा सम्बन्धी कार्यलाई विस्तार गर्नु, आपसी सहुलियत र हित सम्बन्धी सम्झौता सम्पन्न हुनु, भन्सार महसूल तथा अरु व्यापार अवरोधलाई प्रशस्त मात्रामा कटाउनु र खारेज गर्नुका साथै अन्तर्राष्ट्रिय व्यापारमा हुने अवहेलनायुक्त व्यवहारलाई हटनर्नु पर्छ। संगठनमा एक सय चवालिस सदस्य छन्। त्यसको मुख्यालय जेनेभामा छ।

       सन् 1986मा चीनले गाटमा आफ्नो संस्थापक मुलुकको स्थानलाई फिर्ता लिने विचार प्रस्तुत गरेदेखि यता त्यसमा सहभागी हुनका लागि अथक प्रयास गरेको थियो। सन् 2001को जनवरीदेखि सेप्टेम्वर सम्म विश्व व्यापार संगठनको चीन सम्बन्धी कार्य टोलीले चार पटक सम्मेलनको आयोजना गरी विश्व व्यार संगठनमा चीनको सहभागिता हुने सम्बन्धमा बहुपक्षीय सम्झौता-वार्ता पूरा गर्नुका साथै चीनको सहभागिता सम्बन्धी कानूनी दस्तावेज पनि पारित गरेको थियो। त्यसै वर्यको नभेम्बर नौ देखि चौध तारिखसम्म विश्व व्पायार संगठनको मन्त्रीस्तरीय चौथो सम्मेलन कतारको राजधानी दोहामा भएको थियो । त्यस अवसरमा चीनका वैदेशिक व्यापार एवम आर्थिक सहायोग मन्त्री श क्वांग शंगले चिनियाँ प्रतिनिधि-मण्डलको नेतृत्व गरी उक्त सम्मेलनमा भाग लिनुभयो। एघार तारिखका दिन चीनले सो संघमा सहभागीता सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गरेको थियो। डिसेम्बर उन्नाइस र बीस तारिखका दिन चीनले विश्व व्यापार संगठनका औपचारिक सदस्य राष्ट्रका नाताले विश्व व्यापार संगठनको प्रमुख परिषदमा भाग लिएको थियो।