स्वर्गीय श्री चाउ एन लाई

CRI



 

       स्वर्गीय चाउ एन लाई सन् 1949-1958 को अवधिमा चीनमा विदेश मन्त्री हुनुहुन्थ्यो।

     स्वर्गीय श्री चाउ एन लाई महान् सर्वहारा क्रान्तिकारी, राजनीतिज्ञ, सैनिकविज्ञ र कूटनीतिज्ञ हुनुहुन्थ्यो। उहाँ चिनियाँ कम्युनिष्ट पार्टी र जन-गणतन्त्र चीनका मुख्य नेताहरुमध्येका एक हुनुका साथै चिनियाँ जन-मुक्ति सेनाका संस्थापकहरुमध्येका एक पनि हुनुहुन्थ्यो। उहाँका पुर्खाहरु पूर्वी चीनको च च्याङ्ग प्रान्तमा बसोबास गर्दथे। उहाँको जन्म सन् 1898 मार्च महिनाको 5 तारिखका दिन पूर्वी चीनको च्याङ्ग सु प्रान्तको व्हाई आन जिल्लामा भएको थियो । र सन् 1976 को जनवरी महिनामा पैचिंगमा उहाँको निधन भयो।

      स्वर्गीय चाउ एन लाईले चीनका थुप्रै महत्वपूर्ण र परराष्ट्र मामिला क्षेत्रका निर्णायक नीतिको तर्जुमा र कार्यान्वयन गर्नुभएको थियो। उहाँ सन् 1954 मा आयोजित जेनेभा सम्मेलनमा सहभागी हुनुभएको थियो। उक्त सम्मेलनले इण्डो-चाइनाको समस्याको समाधान गरेको थियो। जसको फलस्वरुप भियतनाम(दक्षिणी भाग बाहेक), लाओस र कम्बोडिया यी तीनवटा मुलुक स्वतन्त्र हुने कुरालाई अन्तर्राष्ट्रिय क्षेत्रले मान्यता प्रदान गरेको थियो। उहाँले चीनका तर्फबाट मुलुक-मुलुक बीचको सम्बन्धको मापदण्डको रुपमा रहेको शान्तिपूर्ण सह-अस्तित्वका पाँच सिद्धान्तको प्रस्ताव र निर्देशन गर्नुभएको थियो। सन् 1955 मा एशिया र अफ्रिकाका 29 वटा मुलुकहरुले इण्डोनेशियामा आयोजित बाँगडुङ सम्मेलनमा एक-अर्कासँग शान्तिपूर्ण व्यवहार गर्ने, उपनिवेशवादको विरोध गर्ने, मतभेदलाई एकातिर थन्क्याएर समान विचारलाई कायम राख्ने र सरसल्लाहमार्फत मतैक्य प्राप्त गर्ने अडान व्यक्त गरेका थिए। स्वर्गीय चाउ एन लाईले यूरोप、एशिया र अफ्रिकाका कैयन मुलुकहरुको भ्रमण गर्नुभएको थियो। साथै उहाँले विश्वका विभिन्न मुलुकका थुप्रै नेता र मित्रवत व्यक्तिहरुको स्वागत र सत्कार गर्नुभएको थियो। यसबाट चिनियाँ जनता र विश्वका जनताबीचको मित्रतामा वृद्धि भएको छ।