स्वर्गीय मार्शल छन् यी

 CRI



    स्वर्गीय छन् यी सन् 1958-1972 को अवधिमा चीनका विदेश मन्त्री हुनुहुन्थ्यो।

           स्वर्गीय छन् यी चिनियाँ जन-मुक्ति सेनाका संस्थापक र नेताहरुमध्येका एक, सैनिक योजनाकार र गणतन्त्र चीनका मार्शल हुनुहुन्थ्यो। नयाँ चीनको स्थापना भएपछि उहाँले चिनियाँ उप-प्रधानमन्त्री、परराष्ट्र मन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सैन्य आयोगका उपाध्यक्षको पद सम्हाल्नुभएको थियो।

           सन् 1958 देखि उहाँले उप-प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्रीको हैसियतले माओ च तोँग र चाउ एन लाईको कूटनीति र विचारधारालाई सक्रियताका साथ व्यवहारमा उतार्दैआउनुभएको थियो। साथै उहाँ नयाँ चीनको दीर्घकालीन कूटनैतिक रणनीति र कार्यनीतिको तर्जुमा गर्ने कार्यमा संलग्न हुनुभएको थियो र श्री चाए एन लाईलाई सहयोग गर्दै अनेकन् महत्वपूर्ण कूटनैतिक गतिविधिमा पनि उहाँले हात हाल्नुभएको थियो। सन् 1952 को अक्टोबर महिनामा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधि-मण्डलको सदस्यका हैसियतमा सोभियत कम्युनिष्ट पार्टीको उन्नाइसौँ महाधिवेशनमा भाग लिनुभएको थियो र श्री स्टालिनसँग पनि भेट गर्नुभएको थियो। सन् 1954 को अक्टोबर महिनामा उहाँले चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको प्रतिनिधि-मण्डलको नेतृत्व गर्दै प्रजातान्त्रिक गणतन्त्र जर्मनीको भ्रमण गर्नुभएको थियो। साथै पोल्याण्डको पनि भ्रमण गर्नुभएको थियो। सन् 1955 को अप्रिल महिनामा श्री चाउ एन लाईको सहायक र चीन सरकारको प्रतिनिधि-मण्डलको सदस्यको हैसियतले उहाँ बाङडुङमा आयोजित एशिया-अफ्रिका सम्मेलनमा सहभागी हुनुभएको थियो। सन् 1958 को फेब्रुअरी महिनामा उहाँले पहिलो पटक उप-प्रधानमन्त्री एवम् परराष्ट्र मन्त्रीको हैसियतले श्री चाउ एन लाईका साथमा प्रजातान्त्रिक जन-गणतन्त्र कोरियाको मैत्रीपूर्ण भ्रमण गर्नुभएको थियो साथै चिनियाँ जन-स्वयंसेवक सेना स्वदेश फर्कने विषय बारे समुचित पाराबाट बन्दोबस्त मिलाउनुभएको थियो। सन् 1960 मा उहाँले श्री चाउ एन लाईसँगै वा स्यवम् आफैले प्रतिनिधि-मण्डलको नेतृत्व गर्दै पटक-पटक नेपाल、भारत、म्यानमार、कम्बोडिया、मंगोलिया र अफगानिस्तानको भ्रमण गर्नुभएको थियो। ती भ्रमणका क्रममा चीन-नेपाल मैत्री सन्धि र आर्थिक सम्झौता、चीन-कम्बोडिया मैत्री र पारस्परिक अनाक्रमण सन्धि、चीन-मंगोलिया मैत्री र पारस्परिक सहायता सन्धि तथा चीन-अफगानिस्तान मैत्री र पारस्परिक अनाक्रमण सन्धि सम्पन्न भएका थिए।