ची फङ फै

CRI


    ची फङ फै सन् 1972-1974 चीनका परराष्ट्र मन्त्री हुनुभएको थियो।

       श्री ची फङ फै गणतन्त्र जर्मनीस्थित चीनको कुटनैतिक दूत मण्डलका प्रमुख, गणतन्त्र जर्मनीस्थित चीनका पहिला राजदूत, चीनका उप-परराष्ट्र मन्त्री र त्यसपछि चीनका परराष्ट्र मन्त्रीको पदमा कार्यरत हुनुहुन्थ्यो। सन् 1979 देखि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत वैदेशिक सम्पर्क विभागका प्रमुख, चीनका उप-प्रधान मन्त्री एवम् महासचिवको पद सम्हाल्नुभएको थियो। राज्य परिषद अन्तर्गत हङ्गकङ्ग, मकाऊ मामिला कार्यालयका प्रमुख एवम् जन-गणतन्त्र चीनको हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रको आधारभूत कानून तर्जुमा समितिका प्रमुख, मकाऊ विशेष प्रशासनिक क्षेत्रको आधारभूत कानून तर्जुमा समितिका प्रमुखको कार्यावधिमा उहाँले “एक देश, दुइ व्यवस्था” को आधारमा चीन सरकारले तर्जुमा गरेको हङ्गकङ्ग तथा मकाऊ समस्याको शान्तिपूर्ण समाधान गर्ने कार्य-नीतिलाई व्यवहारमा सक्रियताका साथ उतार्नुका साथै हङ्गकङ्ग समस्या सम्बन्धी चीन-बेलायत संयुक्त वक्तव्यमा सही गर्ने समारोहमा सहभागी हुनुहुन्थ्यो।