छ्याउ क्यान ह्वा
CRI


       छ्याउ क्यान ह्वा, सन् 1974-1976 चीनका परराष्ट्र मन्त्री

       छ्याउ क्यान ह्वा, चीनको च्याङ सु प्रान्तको यान शहरमा जन्मनुभएको हो। उहाँले जर्मनीबाट दर्शनशास्त्रमा विद्यावारिधि गर्नुभएको थियो। जापान विरोधी युद्ध ताका, उहाँले प्रेस क्षेत्रमा कार्यरत हुनुभई अन्तर्राष्ट्रिय टिप्पणी लेख्नुभयो। सन् 1942को शरद ऋतुदेखि युद्ध समाप्त होउञ्जेलसम्म उहाँले स् छ्यान प्रान्तको छुङ छिङमा “सिन्ह्वा दैनिक समाचारपत्र”मा “अन्तर्राष्ट्रिय क्षेत्र ” शिर्षकको स्तम्भमा नियमित रुपमा लेख लेख्नुभयो। जन-गणतन्त्र चीन स्थापित भएपछि उहाँले चीनको परराष्ट्र मन्त्रालय अन्तर्गत कुटनैतिक नीति समितिका उप-प्रमुख, परराष्ट्र मन्त्रीका सहायक, चीनका उप-परराष्ट्र मन्त्री आदि पद सम्हाल्नुभयो। उहाँले महत्वपूर्ण कुटनैतिक दस्तावेजहरु तर्जुमा गर्नुभयो। सन् 1976 देखि उहाँ चिनियाँ जनता मित्रता संघको सल्लाहकार हुनुहुन्थ्यो। उहाँका मुख्य लेख यस प्रकार छनः “ अन्तर्राष्ट्रिय सन्दर्भ संग्रह”, “ म्युनीकदेखि दुनकीर्कसम्म” आदि।