ह्वाङ ह्वा

CRI


ह्वाङ ह्वा, 1976-1982 चीनका परराष्ट्र मन्त्री

       ह्वाङ ह्वा, सन् 1971 मा संयुक्त राष्ट्र संघको वैधानिक स्थान पुनः शुरु भएपछि राष्ट्र संघ तथा राष्ट्र संघीय सुरक्षा परिषदस्थित चीनका आवासीय प्रतिनिधि हुनुहुन्थ्यो। सन् 1976 मा उहाँले चीनका परराष्ट्र मन्त्रीको पदमा सम्हाल्नुभयो। उहाँको नेतृत्वमा चिनियाँ प्रतिनिधि-मण्डलले राष्ट्र संघको 29सौं , 32सौं , 33 सौं , 35 सौं तथा 37 सौं सम्मेलनमा भाग लिएको थियो। सन् 1978को अगष्ट महिनामा उहाँले जापानी विदेश मन्त्रीसँग पैचिङ्गमा “जन गणतन्त्र चीन र जापान बीचको शान्तिपूर्ण सहयोग सन्धि”मा हस्ताक्षर गर्नुभयो। सन् 1978 मा अमेरिकी प्रतिनिधिहरुसँग दौत्य सम्बन्ध स्थापना सम्बन्धी सम्झौता वार्ता गर्नुभयो। सन् 1982 मा अमेरिकाबाट थाइवानलाई हतियार बेच्ने समस्याको समाधान सम्बन्धी “817 विज्ञप्ति”मा उहाँले अमेरिकी विदेश मन्त्रीसँग सही गर्नुभयो। सन् 1985देखि 1995सम्म उहाँ अन्तर्राष्ट्रिय कार्बाही परिषदको वार्षिक सम्मेलनमा सहभागी हुनुहुन्थ्यो। वर्तमानमा उहाँ चिनियाँ अन्तर्राष्ट्रिय मित्र अध्ययन केन्द्रका प्रमुख, चिनियाँ अन्तर्राष्ट्रिय मित्रता सम्पर्क परिषदका प्रमुख, चीनको कल्याण समितिका अध्यक्ष एवम् सुङ छिङ लिङ कोषका अध्यक्ष हुनुहुन्छ।