उ स्युए छिआन

CRI



उ स्युए छिआन्
     सन् 1982 देखि 1988 सम्म उहाँ चीनका परराष्ट्र मन्त्री हुनुहुन्थ्यो।
     उ स्युए छिआन् जन-गणतन्त्र चीनका उप-प्रधानमन्त्री तथा राज्य परिषद्का सदस्य र परराष्ट्र मन्त्री हुनुहुन्थ्यो । राज्य परिषद्का सदस्य र परराष्ट्र मन्त्रीको पदमा रहँदा उहाँले प्रजातान्त्रिक जन-गणतन्त्र कोरिया, मलेशिया, जापान, इजिप्ट, केन्या, जाम्बिया, रुमानिया, फ्रान्स, संघीय गणतन्त्र जर्मनी, अमेरिका, क्यानाडा, अर्जेन्टिना, ब्राजिल आदि एशिया, अफ्रिका, यूरोप तथा अमेरिकाका 50 वटाभन्दा बढी मुलुकहरुको भ्रमण गर्नुभएको थियो ।