छिआन् छि छन्

CRI


छिआन् छि छन्
     सन् 1988 देखि 1998 सम्म उहाँ चीनका परराष्ट्र मन्त्री हुनुहुन्थ्यो।
     छिआन् छि छन् सन् 1928 को जनवरीमा जन्मनुभएको हो। उहाँको जन्मथलो शांग हाइको च्या तिन् जिल्ला हो । उहाँले सन् 1942 को अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभई काम गर्न पनि थाल्नुभयो । उहाँको पढाई विश्वविद्यालय स्तर बराबर हो । शांग हाईको ता थोंग विश्वविद्यालय अन्तर्गत माध्यमिक स्कूलमा पढ्दा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य भएर पार्टीको शाखा समितिका सचिव बन्नुभयो। सन् 1954 देखि सन् 1955 सम्म सोभियत संघको कम्युनिष्ट युवा दलको कर्मचारी विद्यालयमा पढ्न जानुभयो। सन्1955 देखि सन् 1963 सम्म उहाँ सोभियत संघका लागि चिनियाँ राजदूतावासका द्बितीय सचिव हुनुहुन्थ्यो, अनुसन्धान कार्यालयका प्रमुख हुनुहुन्थ्यो। सन् 1963 देखि सन् 1966 सम्म उहाँ उच्च शिक्षा मन्त्रालय अन्तर्गत विदेशमा पढ्ने विद्यार्थी मामिला विभागका प्रमुख र परराष्ट्र विभागका उप-प्रमुख हुनुहुन्थ्यो । सन् 1966 देखि सन् 1972 सम्म “महान सांस्कृतिक क्रान्ति ”को अवधिमा उहाँको आलोचना गरिएको थियो । त्यसपछि “मई 7” स्कूलमा श्रम गर्न जानुभयो। सन् 1972 देखि सन् 1982 सम्म उहाँ सोभियत संघका लागि चिनियाँ राजदूतावासका काउन्सिलर, गिनीका लागि चिनियाँ राजदूत, परराष्ट्र मन्त्रालय अन्तर्गत प्रेस विभागका प्रमुख हुनुहुन्थ्यो । सन् 1988 देखि उहाँ परराष्ट्र मन्त्री, चिनियाँ कम्युनिष्ट पार्टीको परराष्ट्र समितिका सचिव, राज्य परिषदका सदस्य हुनुहुन्थ्यो र सन् 1993 देखि उहाँ चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक ब्यूरोका सदस्य, उप-प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो ।