थांग च्या स्युएन्

CRI


थांग च्या स्युएन्
     सन् 1998 देखि 2003 सम्म उहाँ चीनका परराष्ट्रमन्त्री हुनुहुन्थ्यो।
     उहाँ सन् 1938 को जनवरीमा शांग हाइ शहरमा जन्मनुभएको हो । उहाँ च्यांग सु प्रान्तको चन् च्यांग शहरका बासिन्दा हुनुहुन्छ। सन् 1973 मा उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभयो। उहाँले माध्यमिक शिक्षा हासिल गरेपछि शांग हाईको फू तान् विश्वविद्यालयको अंग्रेजी भाषा विभागमा पढ्नुभयो । सन् 1970 देखि सन् 1978 सम्म उहाँ चिनियाँ जन-परराष्ट्र मैत्री संघ र चीन-जापान मैत्री संघका काउन्सिलर तथा चिनियाँ जन-परराष्ट्र मैत्री संघका सेक्शन उप-प्रमुख हुनुहुन्थ्यो । सन् 1988 देखि सन्‌ 1991 सम्म उहाँ जापानका लागि चिनियाँ राजदूतावासका काउन्सिलर हुनुहुन्थ्यो । सन् 1991देखि सन् 1993 सम्म उहाँ सहायक परराष्ट्र मन्त्री हुनुहुन्थ्यो ।
     सन् 1993 को मार्चदेखि सन् 1998 को मार्चसम्म उहाँ उप-परराष्ट्र मन्त्री हुनुहुन्थ्यो । उहाँ सन् 1998 को मार्चदेखि परराष्ट्र मन्त्री र सन् 2003 को मार्चदेखि राज्य परिषद्का सदस्य हुनुहुन्थ्यो ।