उद्देश्यमूलक भ्रमण

CRI


       चीनको राष्ट्रिय पर्यटन ब्यूरोले चीनका पर्यटीय स्थलहरुका बारेमा विदेशमा प्रचार-प्रसार गर्नका लागि सन् 1992 देखि निरन्तर रुपमा विभिन्न प्रकारका गतिविधि सञ्चालन गर्दैआएको छ। यस वर्ष चीनको पर्यटनको मुख्य विषय चीनका सर्वसाधारणहरुको जीवनको अवलोकनलाई तोकिएको छ।

       आफ्नै विशेषता रहेको चिनियाँ जनताको जीवन-शैली चीनको सभ्यताको महत्वपूर्ण भाग बनिसकेको छ, र साथै पर्यटनको महत्वपूर्ण श्रोत पनि।

        चीनका सर्वसाधारण जनताको जीवन पूर्वी क्षेत्रको विशेषता हो। सर्वसाधारणको बसोबास, खान-पीन, पहिरन, मनोरन्जन, चालचलन सबैमा चीनको राम्रो मानसिक रुप अभिव्यक्त भएकोछ। चीनका सर्वसाधारणहरुको जीवनको अवलोकन भन्ने मुख्य विषय निर्धारित गर्नुको उद्देश्य चीनको समाजमा प्रवेश गरी चिनियाँ सर्वसाधारणहरुको जीवनबारे अनुभव गर्ने र चिनियाँहरुद्वारा सिर्जना गरिएको श्रेष्ठ सँस्कृतिबाट सिक्ने अवसर विदेशी पर्यटकहरुलाई प्रदान गर्नु हो।
 

        चीनको राष्ट्रिय पर्यटन ब्यूरोले हालैका केही वर्षमा प्रचार गरेको मुख्य विषयहरु यस प्रकार छन:

1992 चीन मैत्रीपूर्ण भ्रमण वर्ष 2000 समस्त चीनको पर्यटन वर्ष
1993 चीनका पहाड तथा नदी-ताल भ्रमण वर्ष 2001 चीनको खेलकुद तथा व्यायाम वर्ष
1994 ऐतिहासिक प्रसिद्ध स्थानहरुङको भ्रमण वर्ष 2002 चीनको कला अवलोकन वर्ष
1995 चीनको चालचलन अवलोकन वर्ष 2003 पाक-कला अवलोकन वर्ष
1996 विदामा भ्रमण वर्ष 2004 चिनियाँ सर्वसाधारणको जीवन अवलोकन वर्ष
1997 चीनको मनाउने प्रयोजनको पर्यटन वर्ष    
1999 प्राकृतिक वातावरण भ्रमण वर्ष