CRI
चीन पर्यटनका दृष्टिकोणले निकै धनी
मुलुक हो। चीनमा विशाल पहाडहरु,
ठूल्ठूला नदीहरु, प्राचीन कालका
शान्दार वास्तु-कला, अनौठा जनावर
र वनस्पतिहरु र अनगिन्ती पर्यटकीय
तथा पूरातात्विक स्थलहरु छन। चीनमा
प्राकृतिक दृष्य र मानव निर्मित
दृष्य दुबै नै जोडिका छन। हाल
चीनमा युनेस्कोद्बारा “विश्व
सम्पदा सूची”मा समावेश गरिएका
पूरातात्विक स्थानहरुको संख्या 29
छ। तीमध्ये तीनवटा
प्राकृतिक-पूरातात्विक स्थान, 21
वटा प्राकृतिक स्थान र साँस्कृतिक
तथा प्राकृतिक पूरातात्विक महत्वका
स्थानको संख्या चार छ। यस्ता
असंख्य विश्वस्तरीय प्राकृतिक तथा
साँस्कृतिक पूरातात्विक सम्पदाबाट
चिनियाँ जनताको वौद्धिक स्तर
स्पष्ट हुन्छ।
उक्त मूल्यवान पूरातात्विक सम्पदा बाहेक, चीनमा
रमणीय ठाउँहरु पनि निकै धेरै छन।
पर्यटकहरु यी रमणीय दृष्यहरुबाट
चीनको सुन्दर प्राकृतिक दृष्य र
प्राचीनकालको सभ्यताको अनुभव
गर्नसक्छन।
|