CRI
चिनियाँ तिहुन-तरकारी पकाउने
अनेकौं विविध पाक-कलाहरु
छन। तीमध्येका लु(शान्तुङ),
छ्वान(सछ्वान), युए(क्वाङतुङ),
मिङ(फुचेन), सु(च्याङसु),
च(चच्याङ), स्याङ(हुनान) र
ह्वै(आनह्वै) यी आठ ठाउँको
संक्षिप्त नाउँले चर्चित
व्यञ्जन-प्रणालीको व्यापक
प्रतिनिधित्व गरिआएका छ।
कुनै पनि व्यञ्जन-प्रणालीको
उत्पत्ति त्यसको लामो इतिहास तथा
अद्वितीय विशेषतादेखि अलग्ग रहन
सक्दैन। साथै त्यसमा तत्स्थानको
प्राकृतिक भौगोलिक स्थिति,
हावा-पानी, श्रोत-साधन एवम्
विशिष्ट वस्तु र भोजन सम्बन्धी
बानी-बेहोरा जस्ता पक्षबाट समेत
प्रभाव पर्छ नै। कसै-कसैले मानवीय
स्वभावका आधारमा उक्त आठ किसिमका
नामी व्यञ्जन-प्रणालीको यसरी
चित्रण गरेका छन: सु र च यी
दुइवटा व्यञ्जन-प्रणाली याङत्सी
नदीको दक्षिणी भेगमा सुशील
स्वरुपमा देखिएकी कोमल केटी सरह
छन् भने लु र ह्वै यी दुइवटा
व्यञ्जन-प्रणाली उत्तरी चीनमा
सादा स्वभावमा देखिएको तन्दुरुस्त
जवान सरह छन्। युए र मिङ यी
दुइवटा व्यञ्जन-प्रणाली आकर्षक
शिष्ट कुमार सरह छन् भने छ्वान र
स्याङ यी दुइवटा व्यञ्जन-प्रणाली
प्रतिष्ठित ज्ञानी पण्डित सरह
छन्।
|