CRI
चिनियाँ भन्सारबाट भित्रिन र
बाहिरिनका लागि चिनियाँ भन्सारका
सम्बन्धित नियमहरुको पालना गर्नु
आवश्यक छ। तपाईंले निर्बाध रुपमा
भन्सारबाट भित्रिन र बाहिरिन सफल
हुनुहोस भन्नका लागि हामीले विशेष
गरी तपाईंहरुलाई खबरदारी
गर्नुपर्दछ।
घोषणा
निम्नलिखित मालसामानहरु लिएर यात्रीहरु चिनियाँ
भन्सारबाट बाहिरिन वा भित्रिन
सक्छन तथा तलका मालसामानहरु चीन
भित्र ल्याउन वा चीनबाट बाहिर
लैजानका लागि भन्सारमा घोषणा गर्नु
पर्दछ।
भन्सार लाग्ने वा सीमित रुपमा कर तिरेर
भित्रिने माल।
आफ्ना दैनिक उपयोगका मालसामानहरु र निषेधित
मालसामानहरु।
चीनबाट बाहिर लैजान निषेध गरिएका मालसामान र
साँस्कृतिक तत्व, मुद्रा,
सुन-चाँदी र अन्य मालसामान तथा
प्रकाशन र श्रव्य-दृश्य सामग्रीहरु
आदि।
मालसामान र त्यसको नमूना तथा यात्रुको लगेज
बाहेकको मालसामान।
रातो र हरियो बाटो।
भन्सार बुझाउनु पर्ने वा भन्सार कार्यालयबाट
अनुमति पाउने यात्रुहरु रातो
बाटोबाट जाने अन्य यात्रुहरु हरियो
बाटोबाट जाने।
साधारण नियम
भन्सारबाट प्रवेश गर्नुअघि सबै सामान
चेक-जाँच गर्नका लागि भन्सारलाई
बुझाउनु पर्छ, भन्सारबाट लैजना
छूट नदिइने सामान लिनु वा पठाउनु
हुदैन।
अलग्गै ढुवानी गर्नुपर्ने लगेज《यात्रु लगेजको
दर्ता फार्म》मा लेखिनु पर्छ।
यात्रु सीमाभित्र पसेपछि छ
महिनाभित्र भित्र्याएका माल
भन्सारले चेक-जाँच गरेपछि छोडिदिनु
पर्छ।
भन्सारबाट चेक-जाँच गरी छाप लगाइएको 《यात्रु
लगेजको दर्ता फार्म》राम्ररी
सुरक्षित गर्नुहोस जसबाट बाहिर
जाने वा भित्र आउने बेला
सम्बन्धित प्रक्रिया अघि बढाउनु
सजिलो हुन्छ।
यसका अतिरिक्त, यात्रुहरुले साँस्कृतिक
महत्वका वस्तुहरु लिएर बाहिर जाँदा
अवश्य नै भन्सारमा घोषणा
गर्नुपर्दछ। यात्रुहरु
पूरातात्विक वस्तुको सञ्चालन गर्ने
अधिकारयुक्त पसलमा किनेका
पूरातात्विक वस्तुलाई भन्सार
कार्यालयले “पुरातात्विक वस्तु
किन्ने विल”र चीनको पूरातात्विक
वस्तुको व्यवस्थापन विभागबाट
लगाइएको छापको आधारमा छोड्नहुन्छ।
हाल पैचिंग, शांग हाइ, थिआन् चिंग
र क्वांग चौ आदि आठवटा नाकामा
जाँच्ने संस्थाको व्यवस्था गरिएको
छ। जाँचेपछि बाहिर लैजाने छूट
दिइने वस्तु पूरातात्विक वस्तुको
व्यवस्थापनबाट उपलव्ध गराइएको
प्रमाणपत्र देखाएर मात्र बाहिर
लैजान सकिन्छ।
|