जन गणतन्त्र चीनको स्वास्थ्य
क्वारेन्टाइन कार्यालय जन
गणतन्त्र चीनको राज्य परिषद्व्दारा
अधिकार प्रदत्त, वैदेशिक सम्पर्कमा
स्वास्थ्य क्वारेन्टाइन सम्बन्धी
कानूनको पालना गर्ने संस्था हो।
त्यो कार्यालय तथा त्यस मातहतका
विभिन्न ठाउँका सीमा-स्वास्थ्य
क्वारेन्टाइन कार्यालयहरु बाहिरका
लागि खुला हुने सीमावर्ती
नाकाहरुमा कानून बमोजिम
आउने-जानेहरुको स्वास्थ्य
क्वारेन्टाइन मार्फत जाँच गर्दछन्
र भन्सार कार्यालयले स्वास्थ्य
क्वारेन्टाइन कार्यालयद्वारा सही
गरिएको विशिष्ट सामान अनुमति-पत्र
हेरेर नै छोडिदिन्छन्।
भित्र आउने र बाहिर जाने पर्यटक तथा
कार्यकर्ताहरुले सरुवा रोग
पैलाउनसक्ने सम्भावना देखिने खालका
भारी तथा माल-सामान साथमा लैजाँदा
वा चेक गर्न चाहँदा स्वास्थ्य
क्वारेन्टाइन गर्न स्वीकार्नुपर्छ।
स्वास्थ्य क्वारेन्टाइन कार्यालयले
रोगग्रस्त क्षेत्रबाट आएका अथवा
सरुवा रोगले प्रभावित भएका
विभिन्न खाद्य-पदार्थ, पेय-पदार्थ
तथा जल-द्रव्य आदिको
स्वास्थ्यमूलक कार्बाही गर्नुपर्छ
वा तिनलाई नष्ट गर्नुपर्छ, साथै
स्वास्थ्यमूलक कारबाही गरिएको
सम्बन्धी प्रमाण-पत्र पनि
दिनुपर्छ। भन्सार कार्यालयले
त्यस्तो प्रमाण-पत्र हेरेर नै
आवश्यक कार्बाही अघि बढाउँछन्।
एलो फिबरग्रस्त क्षेत्रबाट आएका
यात्रुहरुले चीनभित्र प्रवेश गर्दा
स्वास्थ्य क्वारेन्टाइन कार्यालय
समक्ष एलो फिबर बिरोधी इनोक्युलेट
लिइएको प्रभावकारी प्रमाण-पत्र
देखाउनुपर्छ। अन्यथा स्वास्थ्य
क्वारेन्टाइन कार्यालयले
सम्बन्धित यात्रुलाई रोगग्रस्त
क्षेत्रबाट बाहिर गएको बेलादेखि
हिसाब गरी छ दिनसम्म परीक्षणका
लागि नियन्त्रणमा राख्न पाउँछ अथवा
रोग निवारण सम्बन्धी इनोक्युलेट
दिनुका साथै एलो फिबर बिरोधी
इनोक्युलेट लिइने प्रमाण-पत्र लागू
नहोउन्जेलसम्म परीक्षणका लागि
नियन्त्रणमा राख्नसक्छ।
भित्र आउने र बाहिर जाने सवारी साधन,
मानिस, खाद्य-पदार्थ, खाने पानी
तथा अन्य सरसामान र रोगको माध्यम
हुनसक्ने कीरा-फट्याँग्रा एवम्
वन्य-जन्तुहरु सबै नै सरुवा रोग
सम्बन्धी अनुगमनका पात्र हुन्।
स्वास्थ्य क्वारेन्टाइन कार्यालय एड्स
रोग, यौन रोग, कुष्ठ रोग, मानसिक
विकार वा क्षयरोग लागेका
विदेशीलाई प्रवेशमा प्रतिबन्ध
लगाउने गर्दछ।