चीनका जातिबारे

CRI

  

       चीन यौटा एकीकृत बहुजातीय मुलुक हो र यो संरारमा सबैभन्दा धेरै जनसंख्या भएको मुलुक हो। त्यसको जनसंख्या 1 अरब30 करोड छ। चीनमा 56 वटा जातिहरु छन।

       चीनका जातिहरुमध्ये हान् जाति, मंगोलियाली जाति, व्ही जाति, तिव्वती जाति, युगुर जाति, म्यां जाति, इ जाति, च्वांग जाति, पु इ जाति, कोरियाली जाति, मान् जाति, थोंग जाति, याओ जाति, बाइ जाति, थु च्या जाति, हा नि जाति, कजाक जाति, ताइ जाति, लि जाति, लि सु जाति, वा जाति, श जाति, गाओ शान् जाति, ला खु जाति, सुइ जाति, तोंग स्यांग जाति, ना सि जाति, जिन फो जाति, खर्खज जाति, थु जाति, दावर जाति, मो लाओ जाति, छिआन् जाति, बु लांग जाति, सा रा जाति, माओ नान् जाति, छि लाओ जाति, सि पो जाति, आ छांग जाति, फु मि जाति, ताजिक जाति, नु जाति, उज्वेक जाति, रुसी जाति, अ वन् ख जाति, द आंग जाति, पाओ आन् जाति, यु कू जाति, चिंग जाति, तातार जाति, दु लोंग जाति, अ रुंग छुन् जाति, ह च जाति, मन् बा जाति, क बा जाति, चि नो जाति रहेका छन। यसबाहेक चीनमा असंख्य अल्पसंख्यक जातिका मानिसहरुको पनि बसोबास छ जसको जनसंख्या निकै न्यून छ।

       चीनमा हान् जातिको जनसंख्याले कूल जनसंख्याको 92 प्रतिशत ठाउँ ओगटेको छ र अल्पसंख्यक जातिहरुको जनसंख्या आठ प्रतिशतभन्दा बढी छ। हान् जातिबाहेकका 55 वटा अल्पसंख्यक जातिको जनसंख्या हान् जातिको भन्दा कम देखिन्छ। यसैले चीनको चलन अनुसार तिनीहरुलाई अल्प संख्यक जातिको नाउँ दिइएको हो। ती अल्पसंख्यक जातिहरु मुख्यतः चीनको उत्तर-पश्चिमी, दक्षिण-पश्चिमी र उत्तर-पूर्वी क्षेत्रमा बसोबास गर्दछन।
 

       दीर्घकालीन ऐतिहासिक विकासका क्रममा चीनका विभिन्न जातिहरु क्रमशः हान् जातिको बाहुल्यमा छ्यासमिस भएर बसोबास गरेको स्थिति बनिसकेको छ । 55 वटा अल्पसंख्यक जातिमध्ये व्हो जाति र मान जातिले हान् जातिको भाषाको उपयोग गर्नुबाहेक आ-आफ्नै जातीय भाषाको प्रयोग गर्दछन। वितेका धेरै वर्षमा यी 56 वटा अल्पसंख्यक जातिले सँगसँगै मिलेर 96 लाख वर्गकिलोमिटर क्षेत्रफल भएको यस चिनियाँ भूमिमा जीवन यापन गरिरहेका छन, सँगसँगै मिलेर चीनको दीर्घकालीन इतिहास र चहकिलो सँस्कृतिको सिर्जना गरिरहेका छन।