एक लाखभन्दा कम जनसंख्या भएका जातिहरु
CRI


     
       चीनमा एक लाखभन्दा कम जनसंख्या भएका अल्पसंख्यक जातिहरुको संख्या बीस छ। तीनीहरु बु लांग जाति, ताजिक जाति, अ छांग जाति, फू मि जाति, अ वन् ख जाति, नु जाति, चिंग जाति, चि नो जाति, त आंग जाति, पाओ आन् जाति, रुसी जाति, यु कू जाति, उज्वेक जाति, मन् बा जाति, अ रुंग छुन् जाति, दु लोंग जाति, तातार जाति, ह च जाति, गाओ शान् जाति र क बा जाति हुन।


लो पा जाति 

      
लो पा जातिका मानिसहरु मुख्यतः तिब्बत स्वायत्त प्रदेशको दक्षिण-पूर्वी क्षेत्रमा पर्ने लो यु क्षेत्रमा बसोबास गर्दछन। लो पा जाति मुख्यतया कृषिमा आधारित जाति हो। यस जातिका मानिसहरु बाँसका विभिन्न सामग्री बनाउन मन पराउँछन। यस जातिका पुरुषहरु उनको पेटसम्म आउने बाहुला नभएको लुगा लगाउँछन् भने महिलाहरु गोलो कलर भएको लुगा तथा घुँडासम्म आउने जामा लगाउँछन, खुट्टामा कपडाले बेरिन्छ। उनीहरुको मुख्य खाना मकै हो तर उनीहरु चामल तथा जौ पनि खान्छन।



दु लोंग जाति

       दु लोंग जातिको जनसंख्या सात हजार चार सय मात्र छ। तिनीहरु युन् नान् प्रान्तको कोंग शान् दु लोंग जातीय र नु जातीय स्वायत्त जिल्लाको दु लोंग नदी क्षेत्रको उपत्यकामा बस्दछन। तिनीहरु दु लोंग भाषाको प्रयोग गर्छन। तिनीहरुको आफ्नो लिपी छैन। पहिले दु लोंग जातिको सामाजिक उत्पादन कम विकसित थियो। धेरै सरल साधनको उपयोग गरी कृषि उत्पादन गर्दथे। सन् 1949 मा नयाँ चीनको स्थापना भएपछि दु लोंग जातिले उक्त पछौटेपनमा पूराका पूरै परिवर्तन गरिसकेका छन। दु लोंग जाति परिश्रमी, अतिथि प्रेमी र साथीलाई धेरै महत्व दिने जाति हो। यो जातीका मानिसहरु सधैं नै एउटा घरमा समस्या परेपछि सिंगै गाउँका मान्छेले मदत गर्छन। शिकार गरेका जन्तुको शिकार शिकारमा सहभागी सबैले भाग-बण्डा गरेर लिन्छन। तिनीहरु इमान्दार र विश्वासिला हुन्छन अनि तिनीहरुको नैतिकता श्रेष्ठ र सामान्य हुन्छ। राति घरको ढोका बन्द गर्दैन, बाटामा खसेका, भनौं भेट्टाएका चीज टिप्दैन भने यो दु लोंग जातिको परम्परागत नैतिकता हो।




चि नो जाति 

      चि नो जातिको जनसंख्या बीस हजारभन्दा बढी छ। तिनीहरु मुख्यतः दक्षिण-पश्चिमी चीनको यु नान् प्रान्तको सि स्वांग पान् नाको यौटा पहाडमा बस्दछन। तिनीहरु चि नो भाषाको उपयोग गर्दछन् र तिनीहरुको आफ्नो लिपि छैन। पहिले-पहिले चि नो जातिका मानिसहरु विश्वका सबै जीव-जन्तु चलाख भएको कुरामा विश्वास गर्थे र आफ्ना पूर्खाको पूजा गर्थे। चि नो भनेको आफ्नो जातिको आत्मा हो। चि नो जातिको मूलबारे केही पनि लिखित सामग्री छैन। चि नो जातिका मानिसहरु चु क ल्यांगको सम्मान गर्दछन। उहिलेदेखि चल्दैआएको कथा अनुसार, चु क ल्यांगले नेतृत्व गर्नुभएको दक्षिणी अतिक्रमणकारी फौजका केही सिपाहींहरु फु अर, मो च्यांग र अझ टाढाका ठाउँबाट यहाँ सरेका थिए। नयाँ चीनको स्थापना भएपछि चि नो जातिले सिधै आदिकालदेखि समाजवादी अवधिमा प्रवेश गरेको छ र आफ्नो खेती गर्ने तरीकामा पूराका पूरै परिवर्तन ल्याएको छ। चि नो जातिमा हालसम्म डाक्टर, व्यापारी र कृषि सम्बन्धी वैज्ञानिकहरु हुर्किसकेका छन।


अ रुंग छुन् जाति

     

      अ रुंग छुन् जातिको जनसंख्या आठ हजारभन्दा बढी छ। यस जातिका मानिसहरु भित्री मंगोलिया स्वायत्त प्रदेश र हे रुंग च्यांग प्रान्त जोडिएको ठूलो र सानो सिंग आन लिन पहाडी क्षेत्रमा बसोबास गर्दछन। भित्री मंगोलियाली स्वायत्त प्रदेशको ह लुन् पै अर प्रिफेक्चरमा अ रुंग छुन् स्वायत्त जिल्ला पर्दछ। अ रुंग छुन् जातिका मानिसहरु अ रुंग छुन् भाषाको उपयोग गर्छन। त्यस जातिको आफ्नो लिपी छैन र त्यहाँ हान भाषाको प्रयोग निकै गरिन्छ। अ रुंग छुन् भनेको त्यस जातिको आत्म नाउँ हो जसको अर्थ पहाडी क्षेत्रमा बस्ने मानिस हुन्छ। यो नाउँ छिंग राज-वंशको प्रारम्भिक इतिहासमा अंकित छ। अ रुन् छुन् जातिले लामो समयसम्म मुख्यतः शिकारी जीवन बिताएको पाइन्छ र त्यसबाहेक सं‍कलन गर्ने र माछा मार्ने काममा पनि संलग्न भएको पाइन्छ। त्यहाँका झण्डै सबै पुरुषहरु कुशल शिकारी हुन्छन। तिनीहरुसित शिकारको पर्याप्त अनुभव हुन्छ। बीसौं शताव्दीको चालीसको दशकमा त्यो आदिमकालीन कम्युन रुपी शिकारी जाति थियो। नयाँ चीनको स्थापना भएपछि अ रुंग छुन् जातिले एकै फड्कोमा समाजवादमा प्रवेश गरेको छ। हाल तिनीहरु निश्चित आवास क्षेत्रमा बसोबास गर्दछन। तिनीहरु आफ्नो शिकारी जीवनलाई विदा गरेर अब वन-जंगल र जंगली जनावरका संरक्षक बनेका छन। अ रुंग छुन् जातिका मानिसहरु सा मान् धर्म मान्छन। तिनीहरु प्रकृतिको पूजा गर्छन् र आफ्ना पूर्खाको सम्मान गर्दछन।


 तातार जाति 

    तातार जातिका मानिसहरुको बसोबास सिंग च्यांग-युगुर जातीय स्वायत्त प्रदेशमा रहेको छ। यसको जनसंख्या झण्डै पाँच हजार जति छ। त्यस जातिका मानिसहरु तातार भाषा बोल्छन। हालसम्म पनि बुढा-बूढीहरु तातार भाषा बोल्छन भने युवाहरु अथवा अहिलेको पिढींका मानिसहरु स्थानीय काजाक भाषा या युगूर भाषा दुबैको प्रयोग गर्दछन। तातार जातिका मानिसहरु धेरैजसो इस्लाम धर्म मान्छन। 19 औ‌ शताव्दीको प्रारम्भमा तातार जातिका धेरै मानिसहरु रुसबाट चीनको सिंग च्यांगमा सरेका थिए। दोस्रो विश्व युद्धपछि पनि तातार जातिका केही मानिसहरु बाहिरबाट सिंग च्यांगमा सरेका थिए। हाल तिनीहरु चीनको तातार जातिका रुपमा चिनिन्छन। त्यहाँका गाउँ-घरमा बसोबास गर्ने तातार जातिका मानिसहरु मुख्यतया पशुपालनमा संलग्न छन। तातार जातिमध्यका बुद्धिजिवीहरु, विशेष गरी शिक्षा क्षेत्रका कार्यकर्ताहरु धेरैजसो शहरमा बस्दछन। तिनीहरुले सिंग च्यांगको शिक्षा क्षेत्रको विकासका लागि टड्कारो योगदान गरेका छन।