चीनको अल्पसंख्यक जातीय अर्थतन्त्र

CRI


     चीनको अर्थतन्त्र निरन्तर रुपमा विकसित हुदैआएको परिप्रेक्षमा चीनको अल्पसंख्यक जातीय क्षेत्रको अर्थतन्त्रको पनि विकास हुँदैआएको छ।

     पशुपालन व्यवसाय चीनको अल्पसंख्यक जातीय क्षेत्रको मुख्य व्यवसाय हो। बीसौं शताव्दीको असीको दशकदेखि यता चीनले घाँसे मैदानको निर्माण तथा सञ्चालन व्यवस्थालाई सबल पारेको छ। हाल चीनको मुख्य पशुपालन क्षेत्र छिंग हाई, कान सु, स् छ्वान, सिन्च्यांग, नींग श्या, भित्री मंगोलिया लगायतका प्रान्त तथा स्वायत्त प्रदेशमा पशुपालन व्यवसायको विकास तिब्र गतिले भएको छ। यसको परिणामस्वरुप पशुपालन क्षेत्रको उत्पादन क्षमता तथा नाफामा वृद्धि भएको छ।

     बीसौं शताव्दीको असी‌को दशकपछि अल्पसंख्यक जातिको बसोबास रहेका शहरहरुको अर्थतन्त्रमा द्रुत विकास भएको छ। तथ्यांक अनुसार, हालसम्म चीनको अल्पसंख्यक जातीय क्षेत्रमा उद्योग-व्यवसायहरुको संख्या एक लाख पुगेको छ जसबाट ठूलो ढाँचे आधुनिक व्यवसाय, नीजी उद्योग, वाणिज्य तथा सेवामूलक व्यवसाय लगायतका धेरै आर्थिक रुप सँगै विद्यमान प्रारुप गठित भएकोछ। भित्री मंगोलिया, छिंग हाई, नींग श्या, सिन् च्यांग आदि क्षेत्रहरुको शहरीकरणको स्तर चीनको शहरीकरणको ‌औसत स्तरभन्दा उच्च रहेको छ।

     निजी स्वामित्व अर्थतन्त्र अल्पसंख्यक जातीय क्षेत्रको आर्थिक विकासको एउटा महत्पूर्ण भाग बनिसकेकोछ।

     यसका अतिरिक्त, विदेशका लागि खुला स्तरलाई विस्तार गर्ने क्रममा अल्पसंख्यक जातीय क्षेत्रका केही शहरहरुले विदेशसँगको आर्थिक तथा प्राविधिक आदान-प्रदान तथा सहयोगलाई विस्तार गरेका छन्। हालसम्म अल्पसंख्यक जातीय क्षेत्रमा स्वदेश र विदेशमा चर्चित एक खेपको व्यवसाय बनिसकेको छ।